Saturday, September 27, 2014

शुभेच्छाको फेरि यस्तो पोज

        राजु गिरीले निर्देशन गरेको चलचित्र ‘टाइगर द रियल हिरो’को च्यारेटी शो गरिएको छ । 
              अनाथ बालबालिकाहरुको सहयोगका लागि काठमाण्डौको हिरारत्न हलमा सिनेमाको च्यारेटी गरिएको हो ।
                    निर्देशक राजु गिरीले विभिन्न संस्थामा रहेका टुहुरा र असाहय बालबालिकाका लागि च्यारेटीबाट उठेको रकम खर्च गर्ने बताए । 
             यसैविच, चलचित्रकी कलाकार शुभेच्छा थापाले सिनेमाको पोष्टरका लागि हट फोटोसुट गरेकी छिन् । 
               प्रदर्शन मिति तय नभएको यो सिनेमामा थापाका अलवा सुशान्त कार्की, अशोक फुयाँल, समिक्षा अर्यालको मुख्य

एनजिओले दियो सभासदलाई संविधान लेखनबारे तालिम

क-कसले सिकाए सभासदलाई संविधान लेख्न ? 
           
       ११ असोज, काठमाडौं । संविधान निर्माण प्रक्रियामा एनजीओ/आइएनजीओको भूमिकाको बेलाबेलामा चर्चा र आलोचना हुने गरेको छ । सभासदहरुले संविधानसभा बाहिर हुने कुनै पनि प्रक्रिया स्वीकार्य हुँदैन पनि भन्न पनि छाडेका छैनन् तर, संविधानसभाभित्र प्रत्यक्ष अप्रत्यक्ष रुपमा एनजीओको चलचेख भने रोकिएको छैन । नेपाल ल सोसाइटी नामक एनजीओले संविधान मस्यौदा समितिका सभासदहरुलाई नगरकोटमा लगेर मस्यौदा लेखनबारे तालिम दिएको छ । यसअघि गत माघमा नेपाल कानुन समाजले संविधानसभा नियमावलीको मस्यौदा बनाएको सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । सभासदहरुलाई तालिम तथा प्रशिक्षण दिन संविधानसभामा छुट्टै समिति नभएको भने होइन । संविधानसभामा क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति छ । यसको काम भनेकै सभासदहरुलाई संविधान लेखनका क्रममा आवश्यक तालिमदेखि

फिल्म निर्माताले भने ‘रोल चाहिए मसँग रात बिताउनुपर्छ ’

         बलिउड होस् या मोडलिङ जगत, कास्टिङ काउचको विषयमा खबरहरु यदाकदा आउने गर्दछन् । एकपटक फेरि दुई मोडलले एक फिल्म निर्मातामाथि यौन शोषणको आरोप लगाएका छन् । पुलिसले आरोपी निर्माता चमनलाल देसाईलाई पक्राउ गरेको छ । दुबै मोडलको आरोप अनुसार देसाईले टेलिफिल्ममा रोल दिनका लागि दुबैसँग एक–एक रात बिताउनुपर्ने शर्त लगाएका थिए । यी मोडलहरु मुल रुपमा आसामका हुन् र उनीहरु मुम्बईमा आफ्ना आफन्तहरुसँग बस्दै आएका छन् । पुलिसले आरोपीलाई गत शनिबार कोर्टमा पेश गरेका छन् जहाँ सेप्टेम्बर २६ तारिखसम्म उनलाई न्यायीक हिरासतमा राखिने बताइएको छ । आरोपीले अरु युवतीहरुलाई पनि यौन शोषण गरेको हुनसक्ने आशंका पुलिसले गरेको छ । पुलिसले गरेको प्रारम्भिक अनुसन्धानको आधारमा आरोपीले ती मोडलहरुलाई फेसबुकमार्फत सम्पर्क गरेको देखिएको छ । पुलिसका अनुसार आरोपी निर्माताले उक्त मोडललाई टेलिफिल्ममा रोलको लागि सम्झौतामा हस्ताक्षर

कांग्रेस-एमालेको दस्तावेजलाई संविधान मान्न सकिँदैन : विष्ट

         ११ असोज, दाङ । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य लोकेन्द्र बिष्टले कांग्रेस र एमालेले आफूहरुको सहमति विना संविधान जारी गर्न खोजे त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपाल दाङले शनिवार बिहान तुलसीपुरमा गरेको साक्षात्कारमा उनले एमाओवादीलगायतका दलहरुको सहमति बिना काँग्रेस एमालेले आफ्नो दस्तावेजलाई नै संविधान बनाउन खाजे त्यसलाई जलाउने चेतावनी दिएका हुन् । साक्षात्कारमा नेता विष्टले संविधानलाई कुनै दल विशेषको नभई सम्पूर्ण राजनीतिक दल र जनताले अफनत्तो महसुस गर्ने खालको हुनु पर्नेमा जोड दिए । उनले कांग्रेस-एमाले लगायतका दलहरु अन्य दललाई बाइबास गरेर जंगवहादुरको शैलीमा अघि बढे फेरि विद्रोह हुन सक्ने वताए । उनले भने-‘संघीयता पक्षधर दलहरुलाई बाइपास गरेर संविधान जारी गर्ने बाटोमा जानु हुँदैन । यदि कांग्रेस एमालेले एकलौटीरुपमा संविधान जारी गर्न खाजे मुलुक मुठभेडमा जान्छ । त्यसतर्फ सचेत हुनु जरुरी छ ।’ बिष्टले दलहरुवीच राज्य पुर्नसंरचना, संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सवै दलवीच कुरा मिले माघ ८ मै संविधान जारी हुने दावी गरे । बैद्य माओवादीसँग पार्टी एकताबारे छलफल जारी

दिपिकाको ‘क्लिभेज’ पछि टाइम्सले भन्यो ऐश्वर्याको ‘कुरुप खुट्टा’

              अहिलेसम्म बलिउडकी हट–सेक्सी अभिनेत्री दिपिका पादुकोण र टाइम्स अफ इन्डियाको बिच भएको क्लिभेज विवाद शान्त नभइसकेको अवस्थामा टाइम्स अफ इन्डियाले फेरि एकपटक यस्तो आर्टिकल प्रकाशित गरेको छ जसले विवाद सिर्जना गर्नसक्छ । यस पटक टाइम्सको टारगेट दिपिका नभई पूर्व विश्वसुन्दरी र बलिउडकी निकै रुचाइएकी नायिका ऐश्वर्या राई हुन् । टाइम्स को अनलाइन पोर्टलमा एक आर्टिकल छापिएको छ जसको शीर्षक ‘हट बेब्स विथ अग्लि लेग्स’ जसमा ऐश्वर्या रायलगायत एन्जेलिना जोली, ब्रिटनी स्पेयर्सजस्ता निकै चर्चित सेलिब्रिटीहरु सामिल छन् । ऐश्वर्याको फोटोको मुनीपट्टी लेखिएको छ, ‘पूर्व विश्वसुन्दरीको खुट्टा यस्ता छन् जसलाई छोप्दा नै राम्रो हुन्छ ।’ अहिलेसम्म यो आर्टिकलमाथि बच्चन परिवारले केहि पनि टिका–टिप्पणी गरेको छैन तर मानिसहरुलाई पुरा विश्वास छ कि टाइम्सको यो एक्सनको रियाक्सन पक्कै हुनेछ किनभने बच्चन परिवार आफ्नो परिवारको कुनै पनि सदस्यको नराम्रो र फाल्तु प्रदर्शन सहन सक्दैन । विधिवत होस्, भर्खरै टाइम्सले बलिउडकी चर्चित नायिका दिपिका पादुकोणको क्लिभेज भएको एउटा

मुटुरोग दिवसमा चिकित्सकको सुझावःमासु र मदिरा होइन,सुप र पानी खाऔं

            काठमाडौं,असोज ११ – चाडबाडको समयमा ‘मासुभन्दा सुप खान, मदिराभन्दा पानी खान’ चिकित्सकहरुले सुझाव दिएका छन् ।जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान तथा माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिन आम समुदायलाई उनीहरुले आग्रहसमेत गरे । विश्व मुटुरोग दिवसको पूर्वसन्ध्यामा नर्भिक इन्टरनेसनल हस्पिटलद्वारा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले सो आग्रह गर्दै खानपानकै कारण मुटुरोग लाग्ने हुदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्न सुझाए । सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ्य आहार व्यवहार, मद्यपान, ज्यादा मोटोपन, शारीरिक निष्क्रियताजस्ता जीवनशैलीका कारण उच्चरक्तचाप, मधुमेय

संविधान जारी गर्न मिलेर काम गरिरहेका छौंः प्रधानमन्त्री

              न्यूयोर्क, असोज ११– प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसङ्घको ६९ आँै महासभालाई आज बिहान सम्बोधन गर्दै माओवादीलगायत नेपालका राजनीतिक दलहरु निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न सँगै मिलेर काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले भने, “नेपाललाई शान्ति, स्थायित्व, विकास र सुशासनको लोकतान्त्रिक पद्धतिमा डो¥याउन र संविधानवाद, राजनीतिक बहुलवाद, विधिको शासनको परिधिभित्र रहेर संविधानसभाभित्र र बाहिरका राजनीतिक दलहरुलाई साथै लिएर अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।”< नेपाली जनताको लोकतान्त्रिक पद्धतिप्रतिको अविचलित विश्वास र निष्ठाका कारण सशस्त्र विद्रोहमा लागेको माओवादीलाई शान्तिपूर्ण प्रजातान्त्रिक प्रक्रियामा ल्याउन र निरङ्कुश राजसंस्थालाई हटाएर मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सफलतापूर्वक स्थापना गर्न सम्भव भएको र यो विश्वकै लागि