नेपाली लेखकले मुद्दा हालेपछि बलिउड चलचित्र ‘घनचक्कर’ अप्ठ्यारोमा
धिरेन्द्रले आफूले सन् २०१० मै यस्तै
बिषयमा आधारित कथा दर्ता गरेको जनाएका छन् । चलचित्रको निर्माण कम्पनी
यूटीभीले भने धिरेन्द्रको उजुरी पूर्ण रुपमा गलत भएको जनाएको छ ।
हर्षिकाले आउट गरिन् सुमिनालाई
आचार्यले भने, ‘उहाँको समाचार बाहिर आएपछि निर्माता सुवास थडराइले
सिनेमालाई नै असर पर्ने कुरा गर्नुभएको थियो । पछि उहाँले पनि समय दिन
नसक्ने बताएपछि नयाँ नायिका लिइएको हो ।’ चलचित्रको निर्माणपक्षले
नायिका हर्षिका श्रेष्ठलाई लिएर वुधबारदेखि छायांकन सुरु गरेको छ ।
चलचित्रको वुधबार बिहान काठमाण्डौको भद्रकाली मन्दिरमा शुभसाइत गरी
छायांकन प्रारम्भ गरिएको हो । यो चलचित्रमा हर्षिकाको अलवा निर्मल
सेञ्चुरी, सुशान्त कार्की, हिना लामिछाने, नेहा आचार्य, सुरविर पण्डित, रमा
थपलिया लगायतका कलाकारको अभिनय रहनेछ । अर्जुन पोखरेलको संगीत रहेको
चलचित्रको छायांकन पोखरा, पाल्पा, बुटवलमा गरिने जानकारी निर्माणपक्षले
दिएको छ । २५ दिनमा छायांकन सक्ने योजनमा रहेको निर्माणपक्षले ४० लाख बजेट
लाग्ने जनाएको छ ।
लिन्ड्सेको कामुक रुप (फोटोफिचरसहित)
२६ वर्षीया लोहानलाई चम्किलो निलो विकनीमा निकै सेक्सी देखिएको थियो ।
आफ्नो मादक जवानी खुलाएर समुन्द्री तटमा उत्रिएकी लोहानले निकै मस्ती गरेको
पाइयो । –एजेन्सीको सहयोगमा ।
सेक्सी अनुष्का आफ्नो २५ औ जन्मदिन मनाउँदै
बलिउड नायिका अनुष्का शर्मा आज आफ्नो २५ औ जन्मदिन मनाउँदैछिन् ।
चलचित्र ‘रब ने बना दि जोडी’ मार्फत बलिउडमा प्रवेश गरेकी अनुष्का आज
सर्वाधिक चर्चामा छिन् ।पहिलो
चलचित्रमा सामान्य भुमिकामा देखिएकी अनुष्काले यसपछि भने आफुलाई बोल्ड,
चञ्चल बनाउँदै लगेकी छिन् । उनले दोश्रो चलचित्र ‘बदमास कम्पनी’ मा साहिद
कपुरसँग लिप किस र विकिनी सिन दिएकी थिइन् ।
बलिउड नगरी र ब्रान्डको दुनियाँमा अनुष्काले छुट्टै छाप बनाएकी छिन् ।
अनुष्काले आजसम्म ७ वटा सिनेमामा काम गरिसकेकी छिन् । साहरुख खान, आमिर खान
जस्ता बलिउडका सुपरस्टारहरुसँग काम गर्ने अवसर उनले छोटो समयमै पाएकी छिन्
। उनले बलिउडको चर्चित फिल्म कम्पनी यशराज ब्यानरमा पनि निरन्तर काम
गरिरहेकी छिन् । यसैले पनि अनुष्कालाई बलिउडको भाग्यमानी नायिकाको रुपमा
चिनिन्छ । चलचित्र ‘जब तक हे जान’ मा उनले गरेको चुलबुले सेक्सी युवतीको
भुमिकालाई धेरैले रुचाएका थिए ।
केकी र बाबुलाई सबैले हेर्न सक्ने
चलचित्र सेन्सर बोर्डले नेपाली
सिनेमाको सेन्सरमा झमेला झिक्ने गरेको घटना अब कुनै नौलो होइन । अधिकांश
सिनेमाले सेन्सर बोर्डमा पुगेपछि झमेला बेहोरिरहेका छन् । तर चलचित्र
‘बितेका पल’लाई भने सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । अब यो
सिनेमालाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् ।राजेश
घतानीको निर्माणमा तयार भएको यो चलचित्रलाई सुरज सुब्बा ‘नाल्बो’ले
निर्देशन गरेका हुन् । चलचित्रमा बाबु बोगटी, केकी अधिकारी र अविनाश
गुरुङको अभिनय छ ।
चलचित्र सेन्सरका लागि पुग्दा केही तनाव
भएपनि सजिलै पास भएपछि खुशी लागेको निर्माता शाहीले बताए । उनले सिनेमा
हेरेपछि सेन्सर बोर्डका कर्मचारीले निक्कै राम्रो प्रतिक्रिया दिएको
जानकारी गराए । चलचित्रको छायांकन सिक्किम, दार्जलिङ लगायतका क्षेत्रमा
गरिएको छ ।
दीपाश्रीको नयाँ घरमा को बस्ला ?
कलाकारिता मार्फत कमाएको एककरोड १० लाख
रुपैंयामा नयाँ घर बनाएको उहाँले जानकारी दिनुभयो । बैशाखको बेला नयाँ घर त
भयो, घरजम चाहिँ कहिले त भन्ने हाम्रो प्रश्नमा दीपाश्रीले हाँस्दै
भन्नुभयो-’त्यो दिन पनि छिटै आउँछ ।’
नयाँ घरमा बुबा र बहिनीहरु सहित बस्ने
उहाँले बताउनुभयो । ‘बिराटनगरबाट बुबा आउँदै हुनुहुन्छ, बहिनीहरु यहीँ छन्,
सबैजना यही घरमा बस्छौं’ उहाँले भन्नुभयो । नयाँ घरमा बुबा र बहिनी
राखेपछि घरजम भएपछि चाहिँ के गर्ने नि ? जवाफमा उहाँले भन्नुभयो-’घरजम
भएपछि त नयाँ घरबाट जम्प भएर उसकै घरमा जानु पर्यो नि ।’ त्यो उ चाहिँ होला
त ? ‘त्यो त भन्न मिल्दैन’ दीपाश्रीले भन्नुभयो ।
कलाकार दीपाश्रीले आफ्नो घरजम गर्ने उमेर
अझै बाँकी रहेको पनि बताउनुभयो । आफू भर्खर ‘स्वीट सिक्सिटन’ को उमेरमा
रहेको उहाँले ठट्टा गर्नुभयो । ‘म सुतेको उमेर हिसाब गर्दिन क्या, सुतेको
कटाउँदा त त्यही १६/१७ त भएँ होला नि’ उहाँले हाँस्दै भन्नुभयो ।
फ्लप भएपछि भिडियोमा पनि बेडसिन
प्रियकाले हेमन्त रानाको आवाज रहेको ‘रातकी रानी’बोलको गीतमा बेड सिन दिएकी
हुन्। प्रताप सिंहले निर्देशन गरेको यो गीतको भिडियोमा प्रियंकाको ४५
सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ। यो गीत ‘मेरो आकाश’ नामक
एल्बममा समाविष्ट रहेको छ। यौन पेसा अपनाउन बाध्य पारिएकी युवतीको मर्मलाई
उतारिएको यस गीतमा प्रियंकाले खुलेरै बेडसिन दिएकी छन्। उनले यसअघि ‘कलिउड’
र ‘थ्री लभर्स’मा पनि बोल्ड दृश्य दिएर चर्चा कमाएकी थिइन्।
सेन्सरले नाक खुम्च्याएको ‘ब्ल्याकनाइट’ कसरी भयो पास ?
बैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको
चलचित्र ‘ब्ल्याकनाइट’ लाई सुरुवातमा सेन्सर बोर्डले वेवास्ता गरेको यसका
निर्माता हिराजबाबु गोर्खालीले बताएका छन् । सुरुवातमा सिनेमामा उत्तेजक
दृश्य हाबी भएको होला भन्दै सेन्सर बोर्डका कर्मचारीले चलचित्रको सेन्सरमा
वास्ता गरेका थिएनन् ।
तर
सिनेमा हेरेपछि सेन्सरका कर्मचारीले ‘ब्लायकनाइट’ को प्रशंसा गरेको
गोर्खालीको भनाई छ । सिनेमा हेरेपछि सेन्सरका कर्मचारीले नाम सुन्दा सेक्स
केन्दि्रत सिनेमा होला भन्ने लागेको तर हेरिसकेपछि यस्तो नभएको बताएका थिए ।
चलचित्रले ब्ल्याकनाइट ग्रुप बिच हुने
भिडन्तलाई देखाउन खोजेको छ । मधुसुदन भट्टराइले निर्देशन गरेको यो
चलचित्रमा अधिकांश कलाकार नयाँ छन् । चलचित्रमा निशा रिसाल, विक्रम शाह,
सुरेश चिलवाल, अनुपा कार्की, रिक्की लामा, अप्सरा घिमिरे, राज न्यौपाने,
मोनिका दाहाल, युनिका खड्का लगायतका कलाकारको अभिनय छ । चलचित्रमा शिवम
अधिकारीको पटकथा, चन्द्र पन्तको द्वन्द्व, विकास चौधरी र राजिव शाहको संगीत
छ ।
चलचित्रले नेपाली सिनेमा अहिलेसम्म उठान
नगरेको बिषयलाई देखाउन खोजेको छ । पुरुष भन्दा महिला कुनै कुरामा कम छैनन्
भन्ने बिषय नै सिनेमाको मुख्य कथा हो । चलचित्रमा महिलाले पुरुषलाई
बलात्कार गरेको दृश्य समावेश छ ।
No comments:
Post a Comment