पार्टीले ३३ थान ल्यापटप र साढे ४ करोड लिएको दाबी
२० असार, काठमाडौं । जनताबाट अर्बौं
रुपैयाँ उठाएर ठगी गरेको आरोप खेप्दै आएको युनिटी लाइफ इन्टरनेशनल कम्पनी
एमालेको दुहुनो गाई भएको रहस्य एमाले निकटकै व्यक्तिहरुले खोलेपछि यतिबेला
सिंगै पार्टीमा तरंग आएको छ । यतिबेला एमाले नेताहरु युनिटी प्रकरणमा
आफूहरुको संलग्नता छ र छैन भन्दै सार्वजनिक भनाभनमा उत्रिएका छन्
एमालेनिकट बुधबार साप्ताहिकले
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको नामसमेत युनिटी प्रकरणमा मुछेपछि
विहीबार नेता पाण्डेले पत्रकार सम्मेलनै गरेर समाचारको खण्डन गर्नुभयो ।
तर, पाण्डे पत्रकार सम्मेलन
गरी आफ्नो चरित्र हत्या भएको जनाएलगत्तै
एमालेकै युवा नेता एवं पत्रकार विष्णु रिजालले आफ्नो फेसबुकमा ‘प्रमाण आफैं
बोल्छ’ भन्दै एमाले मुख्यायलमा परेको निवेदन सार्वजनिक गर्नुभएको छ । बाग्लुङका उमाले संगठित सदस्य कृष्ण
पाठकले युनिटी प्रकरणमा ३० महिना ३ दिन जेल बसेर ३८ लाख धरौटीमा निस्किएपछि
युनिटी प्रकरणमा एमालेले पटक-पटक गरी दिएको ४ करोड ५० लाख रुपैयाँ र
ल्यापटप कहाँ छ भनी सोधेका छन् । एमाले अध्यक्ष खलनाथ खनाललाई सम्धोन गरी
लेखिएको निवेदनमा खनालका साँढुभाइ एवं पूर्व अर्थमन्त्री सुरेन्द्र
पाण्डेलाई थप पाँच करोड रुपैयाँ र हाइलक्स गाडी मागेको आरोप लगाइएको छ,
जसको खण्डन पोडेले विहीबार पत्रकार सम्मेलनमार्फत गरिसक्नुभएको छ । पाण्डेले पत्रकार सम्मेलन गरेर समाचारको
खण्डन गर्नासाथ विष्णु रिजालले आफ्नो फेसबुकमा ‘प्रमाण आफैं बोल्छ’ भन्दै
लेख्नुभएको छ-’पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बुधबारले चरित्र हत्या
गर्यो भन्दै त्रपकार सम्मेलन नै गर्नुभएछ । फेरि पनि अनुरोध छ, बुधबारले
उहाँलाई कुनै आरोप लगाएको छैन । एमालेकै कार्यकर्ताले पार्टी अध्यक्ष झलनाथ
खनालसमक्ष दिइएको निवेदनलाई आधार बनाएर सामान्य समाचार मात्र लेखेको छ ।’

No comments:
Post a Comment