Sunday, July 13, 2014

अर्जेन्टिनालाई हराउँदै जर्मनी चौथो पटक विश्व च्याम्पियन

तेस्रोपटक च्याम्पियन बन्ने अर्जेन्टिनाको सपना चकनाचुर 
            काठमाडौं, असार ३०– अतिरिक्त समयमा दक्षिणी अमेरिकी  राष्ट्र अर्जेन्टिनालाई हराउँदै युरोपेली राष्ट्र जर्मनी विश्व च्याम्पियन बनेको छ ।सोमबार बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १ –० ले हराउँदै जर्मनी विश्व च्याम्पियन बनेको हो । जर्मनीको लागि अतिरिक्त समयको अन्त्यतिर मारियो गोटेजले गोल गरे । उनले अतिरिक्त समयको २३ औं मिनेटमा डिबक्स एसियाबाट प्रहार गरेको सटिक प्रहारलाई गोलमा परिणत गरे ।पहिलो गोल खाएसँगै निराश बनेको अर्जेन्टिना गोल फर्काउने प्रयास गरेपनि सफल भएन र मारियोकै गोल निर्णायक बन्न पुग्यो ।निकै प्रतिश्पर्धात्मक बनेको खेलमा निर्धारित ९० मिनेटमा दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त
पुगेको थियो ।
                   यसअघि अर्जेन्टिनाले गोलको केहि अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । हारसँगै तेस्रोपटक विश्वकप जित्ने स्टार खेलाडी मेसी नेतृत्वको अर्जेन्टिनाको सपना चकनाचुर भएको छ । सन् १९७८ र ८६ को पूर्वविजेता अर्जेन्टिना जर्मनीलाई पाखा लगाउअँदै ह्याट्रिक गर्ने दाउमा थियो । यता जर्मनी भने सन् १९५४, १९७४ र १९९० को समेत विजेता हो ।  १९९० मा अर्जेन्टिनालाई नै हराउँदै जर्मनीले विश्व च्याम्पियन बनेको थियो । मेसीले पाए गोल्डेन बलयसैबीच अर्जेन्टिनी कप्तान मेसीले गोल्डेन बल पाएका छन् । यस्तै चालू विश्वकपमा ६ गोल गरेका रोड्रिगेजले गोल्डेन बुट  पाए ।

No comments:

Post a Comment