Wednesday, August 7, 2013

हराएकी छोरी खोजीगर्न गएका बाबुलाई प्रहरीले भन्यो-’बसपार्कतिर गएर खोज !’

black girl                  बागलुङ २०७० साउन २४ । ९ दिन देखी हराएकी बालिकाको सोधखोज गरिदिन बुधवार जिल्ला प्रहरी कार्यालय बागलुङमा पुगेका अभिभावकलाई प्रहरीले ‘बसपार्क तिर गएर खोज’ भन्ने जवाफ दिएर पन्छिएको बालिकाका बाबु हमन्ने परियारले बताएका छन् ।
                 तर प्रहरीले भने बसपार्क तिर गएर खोज भन्ने गैह्र जिम्मेवार जवाफ नदिएको बताएको छ । हराएका र समस्यामा परेकालाई सहयोग गर्ने प्रहरीको जिम्मेवारी हो भन्दै प्रनानि शैलेन्द्र खडकाले प्रकृयागतरुपमा निवेदन लिएर
महिला सेल या नियन्त्रण कक्षमा आएमा आवश्यक कार्वाही गरिने बताए ।
             बागलुङ नगरपालिका १० कुँडुले दाह्रे गौँडाकी १३ वर्षिय सरुनी परियार गत साउन १५ गते घरबाटै हराएकी थिईन् । विहान काममा जानु अघि घरमै छोडेर गएको तर कामबाट फर्कदा छोरी घरमा नभएको परियारले बताएका छन् ।
             बागलुङ बजारमा सिकर्मी कामगर्ने परियारका अनुसार कामबाट साँझ घरमा फर्कदा छोरी नदेखेपछी छर छिमेक आफन्त कहाँ जताततै खोजविन गर्दापनि फेला नपारेपछी उनी बुधवार छोरीको खोज गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।
             केहि वर्ष यता बागलुङ जिल्लामा महिला तथा बालबालिकाहरु हराउने क्रम ह्वात्तै बढेको छ भने महिला हिँशाका घटनाहरुपनि बढेका छन् । गत आर्थिक वर्ष ०६९।७०मा १ सय जना महिलाहरु र १५ जना बालबालिका हराएको प्रहरी रिकर्डले देखाएको छ । महिला हिँशाका घटनाहरुपनि सयकै हाराहारीमा घटेका थिए ।

No comments:

Post a Comment