Wednesday, October 9, 2013

चुनाव बिथोल्नेबारे माओवादी प्रशिक्षण दाङमा

                    बुटवल,२३ असोज । चुनाव बहिस्कार गर्ने मोर्चाको नेतृत्व गरेको नेकपा–माओवादीले पोलिब्युरोको बैठक र बहिस्कार आन्दोलनका बारे नेताहरुलाई प्रष्ट बनाउन भन्दै आयोजना गरेको पश्चिम ब्युरोको प्रशिक्षण दाङको लमहीमा शुरु भएको छ ।
                    आज बिहानदेखि शुरु भएको कार्यक्रममा प्रशिक्षण दिनका लागि माओवादी अध्यक्ष मोहन बैद्य किरण , उपाध्यक्ष सिपी गजुरेल महासचिव रामबहादुर थापा सचिव नेत्रबिक्रम चन्द सहभागि छन् । लुम्बिनी, राप्ती, भेरी, कर्णाली , सेती र महाकाली अञ्चल अन्तरगत पर्ने अबध,मगराँत, थारुवान , भेरीकर्णाली , सेतीमहाकाली र भारत प्रवास राज्य समिति कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा केन्द्रीय
सल्लाहकार सहभागी भएको बैठकबाट चुनावको शसक्त बहिस्कार गर्ने कार्यक्रम ल्याउने माओवादीका एक केन्द्रीय सदस्यले बताए ।
                    प्रशिक्षणमा अध्यक्ष बैद्यले पार्टीले लिएका कार्यक्रम तथा कार्यनिति ,उपाध्यक्ष गजुरेलले अन्तराष्ट्रिय अबस्था र शक्ति सन्तुलन महासचिव थापाले संगठन सुदृढीकरण तथा सचिव चन्दले युवा परिचालन सम्बन्धी प्रशिक्षण दिने बताइएको छ। कार्यक्रममा पश्चिम क्षेत्रका ७५ केन्द्रीय सदस्य तथा सल्लाहकार सहभागी भएका छन् । कार्यक्रममा अबध, मगराँत थारुवान , भेरीकर्णाली , सेतीमहाकाली र भारत प्रबास राज्य समितिका राज्य सेक्रेटरीहरुले बहिस्कार आन्दोलन र त्यसक्षेत्रमा भएकाकार्यक्रमहरुको रिपोटिंग गर्ने कार्यक्रम भइरहेको एक सहभागीले जानकारी दिए ।
                  माओवादी  केन्द्रीय सदस्य तथा थारुवान ईञ्चाज पुर्ण घर्ती आयामले पार्टीकोपोलिटब्युरो बैठकले लिएको निर्णयहरुलाई प्रष्ट पार्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । त्यसैगरी माओवादी सचिव देब गुरुङ भने ३३ दलीय मोर्चाको कार्यक्रम र केन्द्रीय कार्यालयमा काम परेकाले प्रशिक्षणमा आएका छैनन । भेलामा नवलपरासी र पाल्पा देखी पश्चिमका प्राय सबै जिल्लाका केन्द्रीय सदस्य तथा सल्लाहकार सहभागी छन् ।

No comments:

Post a Comment