Wednesday, October 9, 2013

लिबियाका प्रधानमन्त्रीको अपहरण !

zeidan
                        २४ असोज, काठमाडौं । लिबियाका प्रधानमन्त्री अली जाइदनलाई अपहरणमा परेका छन् । प्रधानमन्त्री अलीलाई राजधानी त्रिपोलीस्थित उहाँकै निवासबाट बन्दुकधारीले अपहरण गरेको बीबीसीले जनाएको छ ।
                          >उहाँलाई अज्ञात स्थलतर्फ लगिएको र त्यसबारेमा थप विवरण नखुलेको बताइएको छ । उहाँलाई पूर्व विद्रोहीले अपहरण गरेको हुन सक्ने सरकारी बेवसाइटले जनाएको छ । केहीले भने उहाँलाई गिरफ्तार गरिएको हुन सक्ने पनि आशंका गरेका छन् । प्रधानमन्त्री अलीले मंगलबार मात्रै लिवियामा द्धन्द्ध अन्त्य गर्नका लागि सहयोग गरिदिन पश्चिमा
राष्ट्रसंग आग्रह गर्नु भएको थियो दुईवर्ष अघि भएको विद्रोहले तत्कालीन शासक गद्दाफीको ४० वर्षभन्दा बढी लामो शासन अन्त्य गरेको थियो । तर, गद्दाफीको मृत्युपछि पनि लिबियामा हिंसात्मक घटना भने कम भएको छैन ।

No comments:

Post a Comment