Tuesday, October 1, 2013

आमा बनेकी कार्दाशिनको तरुनी कमब्याक

Kadarshin-1                      अमेरिकी ग्लामर गर्ल तथा टेलिभिजन स्टार किम कार्दाशिन ४ महिनाअघि छोरी जन्माएसागै ग्लामरको दुनियाबाट हराएकी थिइन् । 
                       चार महिनाको विश्रामपछि कार्दाशिन आफ्ना फ्यानहरुको चित्त बुझाउादै पुरानै कामुक हाउभाउका साथ कमब्याक गरेकी छिन् । पेरिस फेसन सप्ताहको एक शो मा आइतबार साँझ कार्दाशिन देखा परेकी हुन् ।
                   आमा बनेपछिको पहिलो सार्वजनिक फेसन शो का क्रममा कार्दाशिन पहिलै जस्तो सेक्सी देखिन्थिन् र छोरीका लागि समर्पित वक्षस्थलको केही हिस्सा प्रदर्शन गर्न समेत उनले कुनै कञ्जुस्याइा गरिनन् ।
                                  उनले लो कट कालो ड्रेसका लागि हाइ हिल पहिरिएकी थिइन् । उनलाई कार्यक्रम स्थलसम्म उनका प्रेमी कान्ये वेष्टले लिएर आएका थिए । उनी कार्यक्रमस्थलको अघिल्लो सिटमा प्रेमीसँगै बसिन् । यद्यपि किमले त्यहाँ कुनै क्याटवाक
गरिनन् तर लामो समयपछि ग्लामरको दुनियामा फर्केकी किमलाई हेर्नका लागि धेरै मानिस झुम्मिए ।

No comments:

Post a Comment