Tuesday, October 1, 2013

हेलिकप्टर चार्टर गरेर सम्बन्धबिच्छेद गर्न गाँउमा

helicopter                   काठमाडौं,असोज १६– सम्बन्धविच्छेद गर्नकै लागि हेलिकप्टर लिएर यहाँ आइपुगेका एक युवक मंगलबार हेलिकप्टरबाटै राजधानी फर्किएका छन् । स्थायी ठेगाना बलखु १ ओखलढुंगा भई हाल ललितपुर बस्दै आएका गितेन्द्रबाबु राई जेठी श्रीमतिसँग सम्बन्धविच्छेद गर्न शनिबार आईपुगेका उनले आईतबार सम्बन्ध विच्छेद गरेका थिए ।
                              सिस्ने ६ माइत भएकी जेठी श्रीमति क्रिसा राईसँग उनले ५ लाख रकम दिएर सम्बन्धविच्छेद गरेका हुन् । जिल्ला अदालतमा प्राप्त मिसिल अनुसार गितेन्द्रको जेठी तर्फका आठ वर्षीय छोरा
छन् भने कान्छीतर्फ एक छोरा छन् ।
               जेठी तर्फका छोरा १६ वर्ष उमेर पुगेपछि बाबुले नै जिम्मा लिने शर्त छ ।‘दोश्रो बिहेगरेपछि श्रीमानले म सँग बस्न चाहेन ’ जेठी श्रीमति क्रिसाले भनिन्, ‘त्यही भएर सम्बन्धविच्छेद गरेकी हुँ ।’उनीहरुको १० वर्ष अघि विवाह भएको थियो ।
                            गितेन्द्र राजधानीस्थित सहकामा काम गर्ने व्यक्ति हुन् । आर्थिक रुपले सम्पन्न भएको कारण हेलिकप्टर लिएर सम्बन्धविच्छेद गर्नकै लागि यहाँ आएको स्थानीयको भनाई छ । हाल ओखलढुंगादेखि राजधानीको लागि हेलिकप्टर चार्टर गर्न कम्तिमा १ लाखदेखि १ लाख २० हजार सम्म पैसा लाग्ने आजको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment