![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgc5nyYo0p-lcwZCJoucuFlG29FDMPc4Ycqo0AADPDB4CRhfabUK_SmW_0BpKjRMEKVrSdoOl4fGbf97t8hwA2NYzhl5-79OrTZeYZRtkIdxE21t_pBC5MPwxEWbJLc_LapxIJ6KCB7zkpL/s200/jiya-kc.jpg)
सिनेमा नगरीमा आफ्नो उपस्थिती आलोचनात्मक रुपमा अघि बढाएपछि उनले करिअर पनि खासै चम्काउन सकिनन् । चलचित्रमा केही अपाच्य दृश्य दिएर आलोचनासँगै चर्चा बटुलेपनि त्यो क्षणिक मात्र भएको जीयालाई थाहा छ । चुनावी प्रचारप्रसारका क्रममा इलाम पुगेकी जीया सिने नगरीमा शुद्ध छवि बनाएर र्फकन चाहन्छिन् । यसैले पनि उनी अब दर्शकलाई नपच्ने सिनेमा नखेल्ने तर्क गर्छिन् । उनले आफू संस्कारमा हुर्केको केटी भएकाले पर्दा बाहिर कुनै किसिमको सिमा ननाघेको दाबी
गरिन् । कसैले आफूलाई मन पराउनु, कसैले आफूसँग सम्बन्ध राख्न खोज्नु नकारात्मक नभएको भन्दै जीयाले पर्दा बाहिर आफू नबिगि्रएको बताइन् । उनले भनिन्, ‘हो मलाई थाहा छ सबैले मलाई बिगि्रएकी केटी सोच्छन्, तर म संस्कारमा हुर्केकी केटी भएकाले पनि आफ्नो दायरा नाघेको छैन ।’ चलचित्र पर्दामा देखिने जीया र बास्तविक जीया फरक भएको उनको तर्क छ । पैसाको लागि कसैसँग सम्बन्ध राख्दै हिड्ने यूवती आफू नभएको भन्दै उनले आफूमा कुनै किसिमको लालचा नभएको बताइन् । अर्को एक प्रसंगमा जीयाले भूवन केसीको व्यक्तित्वको कारण आफूलाई उनी मन परेको बताउँदै यसको अर्थ उनको बिस्तारा तताएको छु भन्ने नभएको बताइन् । सिने नगरीमा आशातित सफलता पाउन नसकेपछि केही निराश देखिएकी जीया राम्रा सिनेमा खेलेर आफ्नो छवि सुधार गर्न चाहन्छिन् । तर सोचेजस्तो सिनेमा नपाएकाले पनि आफू केही निराश भएको उनको तर्क छ ।
No comments:
Post a Comment