Monday, November 25, 2013

भोट नदिनेसँग पैसा फिर्ता माग्दै पराजित नेता तथा कार्यकर्ताहरू

        गौशाला, मङ्सिर १०। महोत्तरी जिल्लाको क्षेत्र नं ३ र ४ का अधिकांश ठाउँमा सम्पन्न संविधानसभा निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताहरूलाई लाखौँ रुपैयाँ बाँडेका केही दलले हारेपछि अहिले भोट नदिएको भन्दै पैसा फिर्ता माग्न थालेका छन्।
           पैसा बाँडेर पनि चुनाव जित्न नसकेका केही दलका नेता तथा कार्यकर्ताहरू अहिले क्षेत्र नं ३ अन्तर्गत जिल्लाको सदरमुकाम रहेको जलेश्वर नगरपालिकासहित वरपरका १० भन्दा बढी गाउँमा पैसा फिर्ता माग्दै हिँडेको कुरा स्थानीय बासिन्दाले बताएका छन्।
            हार व्यहोरेका केही दलका नेता तथा कार्यकर्ताहरू पैसा दिएकाहरूलाई गालीगलौज गर्दै पैसा फिर्ता मागिरहेका छन्। फिर्ता नदिनेलाई धाकधम्कीसमेत दिने गरेको नाम नछाप्ने सर्तमा जलेश्वर ५ का एक">व्यक्तिले बताए।">त्यस्तै कतिपयले त्यस्ता नेताहरूबाट पाएका पैसा
आधाजसो खर्चिसकेको र आधा फिर्ता पनि गरेका छन्। कतिले पूरै पैसा खर्चिसकेकाले तुरुन्तै फिर्ता गर्न नसकिने भएपछि तिर्ने भाका दिनुपरेको समेत पैसा लिएका व्यक्तिहरूले बताएका छन्।पैसा लिएकाहरूले पैसा खाइसके पनि भयका कारण आफूहरूले भाका दिनुपरेको दुःखेसो व्यक्त गर्दै पीडितहरूको एक समूहले नै त्यस्ता दलहरूको सामाचार बाहिर ल्याइदिन आग्रह गरेका छन्।त्यस्तै जिल्लाको क्षेत्र नं ४ का १४ वटै गाविसका विभिन्न गाउँ टोलमा पनि पैसा बाँडेका नेता तथा कार्यकर्ताहरू भोट नदिएको भन्दै धेरैजसो मतदातासँग पैसा फिर्ता मागिरहेको कुरा स्थानीयले बताएका छन्।">यसका साथै दुवै क्षेत्रमा आफूसँग दुई सय चार सय वा एक हजार भोट छ भन्दै केही दल तथा उम्मदेवारसँग लाखौँ रुपैयाँ लिएका केही ठेकेदारलाई पनि अहिले पैसा दिएका दल तथा नेता र कार्यकर्ताहरूले बेहाल बनाएका छन्।">ठेकेदारहरूले लाखौँ पैसा लिएर सयौँ, हजाराँै भोट दिलाउने बाचा गरेपनि त्यस्ता उम्मेदवारहरू हारेपछि त्यस्ता ठेकेदाररूलाई अहिले जोगिन धौधौ परेको छ। महोत्तरी क्षेत्र नं ३ र ४ मा संविधानसभा निर्वाचनलाई आफ्नो पक्षमा जित हात पार्न ४ दलले करोड रुपैयाँसम्म केही मतदाता र ठेकेदारहरूलाई बाँडेको बताइन्छ।

No comments:

Post a Comment