२९
पुस, पर्वत । दक्षिण पर्वतको हुवासमा मलामी बोकेको जिप आइतबार राति १० बजे
दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका
छन् भने चारको अवस्था गम्भीर रहेको छ ।
मलामी बोकेर त्रिवेणीदेखि हुवासको बसेलडाँडा जाँदै गरेको ग१च ७६०२ नम्बरको जिप हुवास गाविस-७ दारसिङडाँडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी हुवास–५ का ६५ वर्षीय
होमनाथ तिवारी र सोही स्थानका ४५ वर्षीय लोकप्रसाद न्यौपानेको मृत्यु भएको छ
। न्यौपानेको घटनास्थलमा र तिवारीको उपचारका लागि लाँदै गर्दा बाटोमा
मृत्यु भएको प्रहरीले
जनाएको छ ।
जनाएको छ ।
त्यसैगरी गम्भीर घाइते भएकाहरुमा हुवास–५
का ५५ वर्षीय डण्डपाणि बस्याल, सोही स्थानका २४ वर्षीय घनश्याम बस्याल,
हुवास–६ का ४५ वर्षीय नुमाखर बस्याल र हुवास–५ का २८ वर्षीय नन्दलाल बस्याल
छन् । उनीहरुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले
जनाएको छ ।
सामन्य घाइते अन्यहरुको स्थानीय
उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । कच्ची सडकमा अत्याधिक लोडका कारण
उकालोमा ब्रेक फेल भएपछि ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी
कार्यालयले जनाएको छ । चालक भने फरार भएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment