Monday, February 24, 2014

यस्तो छ कमल थापाको संविधान बनाउने फास्ट ट्रयाक

कात्तिकमा जनमत संग्रह, फागुन ७ गते संविधान जारी
          
             १२ फागुन, काठमाडौं । राप्रपा नेपालले एक वर्षभित्र संविधान निर्माणका लागि आठबुँदे फास्ट ट्याक योजना प्रस्ताव गरेको छ । २०७१ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संविधान जारी गरी लागू गर्ने उसको प्रस्ताव रहेको छ ।
                     राप्रपा नेपालले अघि सारेको प्रस्तावमा पाँचवटा विषयगत, दुई वटा प्रक्रियागत र संवैधानिक समिति बनाउने प्रस्ताव गरेको छ । अघिल्लो संविधानसभाका विषयगत समितिहरुमा भएका निर्णय सभासदहरुले पेश गर्न चाहे नयाँ प्रस्ताव ल्याउनुपर्ने र त्यसमाथि छलफल गरी आवश्यक निर्णय गरी संवैधानिक समितिमा पेश गर्ने र यो काम आगमी वैशाख मसान्तभित्र गर्ने उसको प्रस्ताव छ । विषयगत समिति र संवैधानिक समितिबाट प्राप्त प्रस्तावका आधारमा प्रारम्भीक मस्यौदा तयार पर्ने र तयार भएको मस्यौदालाई
संविधानसभामा पेश गरि असारभित्र निर्णय गरिसक्ने प्रस्तावमा उल्लेख छ । राप्रपा नेपालको फास्ट ट्याक योजना अनुसार संविधानसभाको पूर्ण वैठकले पारित गरी बनेको नयाँ मस्यौदालाई जनतामा लैजाने र प्राप्त सुझावका आधारमा असोज मस्यौदाभित्र अन्तिम मस्यौदा निर्माण गरी संविधानमा पेश गरिनेछ । राप्रपा नेपालले संविधानसभाको पूर्ण बैठकबाट समेत निरुपण हुन नसकेका र दुरगामी महत्वका विषयबारे कात्तिकमा जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेको छ । जनमत संग्रहबाट प्राप्त जनादेश अनुसार संवैधानिक समितिले अन्तिम मस्यौदा बनाइ संविधानसभाको पूर्ण बैठकमा पेश गर्ने र माघ ८ गतेभित्र नयाँ संविधान पारित गर्ने प्रस्तावमा उल्लेख छ । संविधानसभाबाट पारित भएको नयाँ संविधान २०७१ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन जारी गर्ने राप्रपा नेपालको फास्ट ट्याक कार्यसूचीमा उल्लेख छ ।

No comments:

Post a Comment