
काठमाडौँ, फागुन ११ । आज ११ गते नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको ६३ औ जन्मदिन हो । उहाले आफ्नो जन्मदिन अस्पतालमै लड्डु बाँडेर मनाउनुभएको छ । अस्पतालमा लड्डु बाँडेर जन्मदिन मनाउदा शुभकामना दिनेहरुको घुईचो लागेको छ ।
तेह्रथुम जिल्लामा ६३ वर्षअघि जन्मीनुभएका ओली १८ वर्षको उमेदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रीय हुनुहुन्छ ।
२०२६ सालपछिको दुई दशक कठोर कारागार र सकसपूर्ण राजनीतिमा बिताउनुभएका ओली २०४६ मा बहुदल आए यता राष्ट्रिय राजनीतिको केन्द्रमा हुनुहुन्छ ।
ओली भर्ना भएपछिग्रान्डी अस्पतालमा भेट्न जानेको घुँइचो लागेको छ । कांग्रेसका उपसभापती रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, मन्त्री रामशरण महत लगायतले भेटसँगै सरकारको बिषयमा छलफल गरेको पनि बुझीएको छ । त्यस्तै एमालेका सबै शीर्ष नेताहरु अस्पताल पुगि ओलीको स्वास्थ्य अबस्थाबारे जानकारी लिएकाछन् ।
ओली हात सुन्निएका कारण शुक्रबार धापासीस्थित ग्रान्डी अस्पताल भर्ना भएर उपचार गराइरहनुभएको छ । युरिक एसिड र बाथका कारण उहाँको हात सुन्निएको ले नेता ओली अस्पताल भर्ना हुनुभएको हो। अहिले उहाँको स्वास्थ्य क्रमश सुध्रिदै गएको छ ।
No comments:
Post a Comment