Thursday, September 25, 2014

विनाले भनिन्-मेरो छोरा शाहरुखसँगै फिल्म खेल्छ

              मुम्बई । अस्मित पटेलसँग यौन विवादमा परेकी पाकिस्तानी आइटम गर्ल वीना मलिकलाई पुत्रलाभ भएको छ । अमेरिकाको एक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । नी आमा भएको जानकारी उनका श्रीमान असद बशीर खानले ट्वीटर मार्फत गराएका छन् । ‘बिग बोस’ चौथो सिजनकी हट प्रतियोगी विनाले केही हिन्दी फिल्ममा उत्तेजक भंगीमा अभिनय समेत गरेकी छिन् । सन २०१३ मा दुबइका ब्यबसायी असदसँग बिबाह गरेपछि उनि अमेरिका भासिएकी थिइन् । 
 छोराको नाम अबराम 
           विनाले आफ्नो छोराको नाम अबराम राखेकी छिन् । उनलाई विश्वास छ एकदिन आफ्नो छोराले बलिउडमा शाहरुख खानसंगै फिल्म खेल्ने छ । उनी फिल्ममा आउने सम्भावना भने लगभग टरेको छ । बिबाह लगत्तै उनले आफु अभिनयमा नफर्किने बताएकी थिइन् । विना आफैमा विवादास्पद आइटम गर्ल
थिइन् । कहिले म्याच फिक्सिङ त कहिले क्रिकेटरसँग जोडिएको प्रसँगले उनी वारम्वार विवादमा आइन् । म्यागेजिनको कभरपृष्ठमा राखिएको टपलेश तस्विरले पनि उनि विवादमा तानिएकी थिइन् । बिग बोसमा सहभागी हुँदा अस्मित पटेलसंगको यौन सम्बन्धले उनी बढी नै बिबादमा आइन् ।

No comments:

Post a Comment