अर्घाखाँचीकी १८ वर्षीया काजोल खनाल मोडलिङको क्षेत्रमा उदाउँदै गएकी छिन् । मोडलिङमा लागेको ६ महिना मात्र भए पनि उनले नेपालका चल्तीका गायकगायिकाको गीतको भिडियोमा अभिनय गर्ने अवसर पाइसकेकी छिन् ।
काजोलले गायिका अन्जु पन्तको जबसम्म मैले सास फेरिरहन्छु, माण्डवी त्रिपाठीको खोक्रो खोक्रो भयो जिन्दगीमा, खुमन अधिकारी र पूर्णकला बिसीको तिजका गीतलगायतमा उनले आफ्नो अभिनय कलासमेत देखाइसकेकी छन् ।
आफ्नो खुबी र क्षमताले मोडलिङ क्षेत्रमा जम्ने सोच बनाएकी काजोल आफ्ना बाबुआमाले यस क्षेत्रमा जम्नका लागि सहयोग गरिरहेको बताउँछिन् । उनी मोडलिङका नाममा एक्सपोजप्रति भने सजग भएको
बताउँछिन् ।



No comments:
Post a Comment