baburam        पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत माओवादीका उपाध्यक्षले पदबाट दिएको राजीनामा तथा जिम्मेवारी बाँडफाँडका विषयमा केन्द्रीय नेताहरूबीच चर्को विवाद देखिएपछि उक्त विवाद मिलाउन भन्दै चार साउनमा पार्टी केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ। 
            पार्टी केन्द्रीय समितिले पार्टीभित्र देखिएको विवाद समाधान गर्न नसकेकाले विस्तारित बैठक बोलाउन पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा प्रस्ताव गरेका थिए। बैठकमा प्रचण्डले उपाध्यक्ष पदबाट बाबुरामजीले दिएको राजीनामा तथा साथीहरूबीच देखिएको विवाद समाधान हुने सम्भावना हुने देखिएन, त्यसैले यसलाई विस्तारित बैठकबाटै टुङ्गाऊँ भनेका थिए। पदबाट राजीनामा दिएपछि आइतबार दिनभरि एमाओवादी नेताहरू बाबुरामलाई उपाध्य212मै फर्काउन प्रयासरत थिए। तर, सफल नभएपछि विवाद मिलाउन विस्तारित बैठक बोलाउने निर्णयमा प्रचण्ड पुगेका हुन्। बैठकमा उनले बाबुरामजीलाई पदत्यागको निर्णय फिर्ता लिन आग्रह गर्‍यौँ, मैले पनि अलग्गै कुरा गरेँ। तर, उहाँले फिर्ता लिनेगरी यो निर्णय गर्नुभएको होइन रहेछ, यो निर्णयले पार्टीभित्रको बहस र संश्लेषणलाई मद्दत गर्नेछ। उनले महाधिवेशनबाट आएको नयाँ कार्यदिशाअनुसारको सङ्गठनात्मक सिद्धान्त नबनाई कमिटी निर्माण गर्नु खोज्नुले गर्दा समस्या आएको बताएका थिए।
             प्रचण्डको भनाइ थियो, ‘महाधिवेशनमा हामीले जुन छलाङ हान्यौँ, त्यो कार्यदिशाअनुसारको सङ्गठनात्मक संरचना नबनाई प्राविधिक रूपमा हल गर्न खोज्यौँ, यसैले समस्या भयो।’ आफूले पद त्याग गरेको विषयमा जानकारी गराउँदै बाबुरामले आफूले गम्भीरतापूर्वक सोचेर यस्तो निर्णय लिएको भन्दै प्रस्ताव फिर्ता नलिने अडान पटकपटक दोहोर्‍याएका थिए। उनले आफूले घुर्क्याउन राजीनामा दिएको नभई पदत्यागको घोषणा फिर्ता नलिने अडान राखेका थिए। उनको भनाइ थियो, ‘हामीले कुनै न कुनै बेला छाड्नैपर्थ्यो, मेरो लागि अनुकूल बेला यही हो भन्ने लाग्यो र छाड्ने निर्णय गरेँ।’ पार्टीमा नेतृत्व तहबाटै रूपान्तरण हुनुपर्ने र हामी आफैँले नमुना बनेर मात्रै कम्युनिस्टप्रति जनताको आकर्षण बढ्ने उनको भनाइ थियो। उनले पदत्यागको घोषणा गरेसँगै आफ्नो निजी वेबसाइट र सामाजिक सञ्जाल टि्वटरबाट उपाध्य212 पद हटाउन लगाएका थिए। विस्तारित बैठकमा हेटौँडा महाधिवेशनले पारित गरेको विधानअनुसार केन्द्रीय सदस्य, सल्लाहकार, जनवर्गीय तथा जातीय 212ेत्रीय मोर्चाका संयोजक र जिल्ला संयोजकहरूको सहभागिता रहनेछ। बैठकले पार्टीभित्र देखिएको पदीय विवादका विषयलाई टुङ्ग्याउनुका साथै नयाँ कार्यदिशा तय गर्ने बताएको छ। तर, प्रचण्डले विस्तारित बैठकलाई बाबुराम भट्टराईलाई तह लगाउने अस्त्रका रूपमा प्रयोग गर्नसक्ने अनुमान गरिएको छ।