शीतलनिवास र सिंहदरबार अख्तियारबाट सुरक्षित
राष्ट्रपतिको
सल्लाहकारमा कायस्थको नियुक्ति अनुपयुक्त समयमा गरीब राष्ट्रको ढुकुटीमाथि
व्ययभार बढाउन
र व्यक्ति विशेषलाई रिझाउनका लागि गरिएको किन स्पष्ट छ भने पाँच वर्षसम्म शीतलनिवासलाई अर्थ, विकास र प्रशासनमा सल्लाहकार चाहिएन र पाँचवर्ष कार्यकाल पूरा हुन २३ दिन मात्रै बाँकी हुँदा राष्ट्रपतिलाई सल्लाहकार नभई भएन । राष्ट्रको प्रमुखले जनपक्षीय, पाच्य एवं उदाहरणीय काम गरेर जनतामा उन्नत संस्कृतिकबो प्रदर्शन गर्नुपर्छ । संसदीय व्यवस्थामा संवैधानिक राष्ट्रपति भनेको संविधानको मात्रै होइन, लोकतान्त्रिक एवं जनपक्षीय संस्कृतिको धरोहर पनि हो । राष्ट्रपतिले अनेकन उदाहरणीय व्यवहार र संस्कार देखाएर जनताको मन जितेका उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन, भारतलाई मात्रै हेरे पनि पुग्छ । तर, नेपालका प्रथम राष्ट्रपतिले एकपछि अर्को गर्दै सामान्य जनताले प्रष्ट बुझ्ने गरी लोभलालच देखाउन थालेको पछिल्लो अनुपम उदारण हो कायस्थको यो नियुक्ति । आफू राष्ट्रपति भएपछि छोरा चन्द्रमोहनलाई धनुषामा टिकट दिलाउनु, प्रशुतिगृहमा बुहारीको पुनर्नियुक्तिका लागि फोन गरेरै दबाव दिनु अनि राष्ट्रको सम्पत्तिमा छोरीलाई विदेश डुलाउनु र पछिल्लो समय सामान्य आन्द्राको दाग पत्ता लगाउन छोराछोरी सहितको १० जनाको जम्बो टोली लिएर जापान जानुले नेपालका प्रथम राष्ट्रपतिको संस्थागत गरिमालाई नराम्रो असर पारेकै छ ।

No comments:
Post a Comment