Thursday, July 4, 2013

राहत बाँड्न पूर्वराजा आफैं बाढीप्रभावित क्षेत्र जाने

Gyanendra1                 २१ असार, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भोलि २३ गते आफ्नो जन्मदिन मनाएलगत्तै सुदूरपशिचम र मध्यपश्चिम क्षेत्रको बाढीपीडित परिवारलाई राहत वितरण गर्न जाने कार्यक्रम बनाउनुभएको छ ।
              गएको महिना मध्य तराईको आठ जिल्ला भ्रमण गरी काठमाण्डौं फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र सुदूरपश्चिमको महेन्द्रनगर र मध्यपश्चिमको दार्चुला तथा बर्दिया जिल्ला भ्रमणमा जानुहुने भएको छ । गत साता बाढी पीडित परिवारलाई सहयोग गर्न आह्वान गर्दै बुहारी अध्यक्ष रहेको हिमानी ट्रस्टलाई २५ लाख रुपैयाँ सहयोग गर्नुभएका पूर्वराजा आफैले राहत वितरण गरी सो क्षेत्रका
जनताको जनमत संकलन गर्न बाढी प्रभावित क्षेत्रमा जान लाग्नुभएको खबर छ ।
स्रोतका अनुसार उहाँ असार अन्तिम साता वा साउन पहिलो साता हवाईमार्गबाट नेपालगञ्ज र सवारीसाधनबाट सुदूरपश्चिम र मध्यपश्चिमका जिल्ला जाने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment