नायिका सुष्मा कार्की चलचित्रमा आइटम
नृत्य गरेर जति चर्चामा आउँछिन् त्यति नै चर्चा उनको प्रेमसम्बन्धले पनि
पाउने गर्दछ । निर्देशक सुदर्शन थापासँग करिब ५ बर्ष लामो प्रेमसम्बन्धलाई
विश्राम लगाउँदै सुष्मा निरन श्रेष्ठसँग सम्बन्ध गाँस्न पुगिन् । तर हाल
सुष्मा र निरनको पनि सम्बन्ध विच्छेद भएको खबर बजारमा चलिरहेको छ ।
तर
नायिका कार्की भने आफूलाई निरनको अत्याधिक माया लाग्ने बताउँछिन् ।
सुदर्शनसँग प्रेम गर्दा आफू बच्चा भएकाले मायाको वास्तविक अनुभव नगरेको
तर्क उनको छ । सुष्माले
भनिन् , ‘मेरो प्रेम सुदर्शनसँग मात्र असफल भएको हो । निरनसँग मेरो
सम्बन्ध टुटेको छैन, समय र परिस्थितीले गर्दा मात्र
हामी अलग भएका हौ ।’ यो
कुरा माया गर्ने मान्छेले मात्र वुझ्ने तर्क सुष्माको छ । उनले निरनलाई
धेरै माया गर्ने बताउँदै उ नै आफ्नो पहिलो प्रेम भएको बताइन् ।
बिहे गर्ने सोच आफ्नो दिमागमा पनि आएको
बताउँदै सुष्माले निरनसँग पनि हुनसक्ने संकेत गरिन् । ‘यदि मेरो भाग्यमा
लेखेको छ र निरनले चाहेको खण्डमा हाम्रो बिहे हुनसक्छ’, सुष्माले भनिन् ।
निरनलाई धेरै माया गर्ने भएकै कारणले गर्दा सुष्माले उनको नाउँको ट्याटु
आफ्नो ढाडमा खोपेकी छिन् । सुदर्शनसँग प्रेम गर्दा निक्कै नजिक देखिएपनि
यतिबेला भने सुष्माले उनलाई मनदेखि नै बिर्सिएको देखिन्छ । यसैले पनि उनी
नरेनलाई आफ्नो पहिलो प्रेम बताइरहेकी छिन्
No comments:
Post a Comment