वैद्यको ठाउामा वादल कि विप्लव ?
‘मलाई पदमा बसिरहन मन छैन, तपाईहरुले छाड्
भन्नुहुन्छ भने छाड्छु, बस् भन्नुहुन्छ भने बस्छु ।’ पोखरामा यसैसाता
सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकमा वैद्यले भन्नुभयो- ‘तर, छाड्ने
भन्दैमा बाबुराम भट्टराईले जसरी फ्याट्टै छाड्दिँन, एउटा विधि र प्रक्रिया
पुर्याएरमात्रै छाड्छु ।’ बैठकमा सहभागी एक नेताका अनुसार वैद्यले
भन्नुभयो-’नेतृत्व गर्न सकिँन भनेर खुट्टा छाडेर पनि हिँड्दिँन । तर, पदमा
बसिरहने मलाई कुनै लोभ
छैन ।’
छैन ।’
नेपालको
कम्युनिष्ट आन्दोलनमा आफूले पाएको नेतृत्व युवा पुस्तालाई सहजरुपमा
हस्तान्तरण गर्ने नेताका रुपमा चिनिनुहुन्छ वैद्य । आफूले सम्हाल्दै आएको
महासचिव पद प्रचण्डलाई हस्तान्तरण गरेर आफू सोभन्दा तल्लो तहमा बस्न उहाँ
विगतमा तयार देखिनुभएको थियो । यद्यपि प्रचण्डपक्षका नेताहरु भने
स्वेच्छाले भन्दा पनि सेक्टर काण्डका कारण नैतिकताका आधारमा वैद्यले पद
छाड्नुभएको तर्क गर्ने गर्छन् । त्यस्तै समानुपातिकबाट सभासद बनेका वैद्यले
संसदीय नेता नबनाइएका कारण सभासदबाट राजीनामा दिएको आरोप लगाउनेहरु
एमाओवादीभित्र अझै छँदैछन् ।
वैद्यले फेरि स्वेच्छाले पद छाडेर युवालाई
नेतृत्व दिन तयार रहेको पोखरा बैठकमा स्पष्ट पार्नुभएको छ । तर, वीचैमा
छाड्दा काम गर्न नसकेर छाडेको सन्देश नजाओस् भन्नेमा वैद्य सचेत रहेको
माओवादी स्रोत बताउँछ । ‘वैद्यले नेतृत्व गर्न सक्दैनन्, दर्शन पढ्ने
मात्रै हुन् भन्ने आरोपलाई उहाँ व्यवहारतः चिर्न चाहनुहुन्छ ।’
वैद्यको ठाउँमा वादल कि विप्लव ?
मोहन वैद्यले अध्यक्षको जिम्मेवारी
छाडेपछि माओवादीको अध्यक्ष रामबहादुर थापा बादल होलान् या विप्लव ? कि अरु
पनि आकांक्षी छन् ? यस विषयमा जिज्ञासा राख्दा माओवादी नेता भन्छन्, वैद्य,
वादल र सीपी गजुरेल, देव गुरुङ एकै पुस्ताका लिडर हुन् । नयाँलाई
हस्तान्तरण गर्ने भनेपछि विप्लवले नै नेतृत्व गर्नु राम्रो हुने देखिन्छ ।
तर, आफूलाई प्रचण्डभन्दा सिनियर बताउने गरेका उपाध्यक्ष सीपी गजुरेल पनि
माओवादीका अध्यक्षका स्वाभाविक दाबेदार मानिनुहुन्छ ।
पोखरा बैठकले विचारका हिसावमा विप्लवको
लाइनलाई श्रेष्ठ सावित गरेको स्रोतको दाबी छ । यद्यपि वैद्यसमेत
विचारधारात्मकरुपमा विप्लवसँगै निकट बनेका कारण सहजरुपमा चुनाव बहिस्कारको
कार्यनीति पारित भएको दाबी गरिएको छ । चुनावमा भाग लिनुपर्छ भन्ने र
जनयुद्धमा जान नचाहने नेताहरु पनि पार्टीमा भएता पनि बैठकमा त्यो विचार
दबिएको स्रोतले बतायो । स्रोतले भन्यो, जसको विचार उसको नेतृत्व भन्ने हो
भने चुनावका नाममा दमन भयो र भूमिगत हुनुपर्ने अवस्था आयो भने आवश्यकताले
गर्दा वैद्यका ठाउँमा विप्लव नै नेता हुने निश्चित देखिएको छ ।
No comments:
Post a Comment