Thursday, July 4, 2013

चारदलको विकल्प जनताले रोज्नुपर्छ : ढकाल


yeknath-dhakal        २१ असार, कञ्चनपुर । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले चार मुख्य राजनीतिक पार्टी असफल भइसकेकाले जनताले चार वटै पार्टीको विकल्प रोज्नुपर्ने बेला आएको बताउनुभएको छ ।
                 पार्टीको राष्ट्रिय जनजागरण अभियानका लागि कञ्चनपुरको झलारी पुग्नुभएका अध्यक्ष ढकालले चार पार्टीकै सत्ता लुछाचुडीका कारण संविधानसभा विघटन भई संविधान बन्न नसकेको, शान्तिसुरक्षाको
अवस्था कमजोर भएको बताउनुभयो । चारवटै दलहरुको अर्कमण्डताले गर्दा देशमा बेरोजगारीको दर बढेर ७० प्रतिशतमा पुगेको, महिला हिंसाका घटनामा निकै वृद्धि भएको, आन्तरिक सुरक्षा व्यवस्थामा देश निकै कमजोर भएको, महँगी र भ्रष्टाचारले प्रश्रय पाएको आरोप उहाँले लगाउनुभयो । राजनीतिक दलहरुले सत्ताकै लागि मरिमेट्ने प्रवृत्तिका कारण देशमा विकास-निर्माणका कार्यमा उल्लेख्य प्रगति हुन नसकेको उहाँले बताउनुभयो । शान्तिसुरक्षा, राष्ट्रियता संरक्षण, समृद्ध नेपालका लागि नयाँ संविधानलगायत नारा लिएर अबको संविधानसभाको निर्वाचनमा देशका सबै निर्वाचन क्षेत्रबाट आफ्नो पार्टीले उम्मेदवारी दिने जानकारी उहाँले दिनुभयो ।

No comments:

Post a Comment