पक्राउ परेका व्यक्तिलाई अर्को देशमा हस्तान्तरण गर्न सुपुदर्गी सन्धिको आवश्यकता पर्दछ। तर नेपालले कुनै पनि देशसँग सुपुदर्गी सन्धि गरेको छैन। जसले गर्दा नेपालमा पक्राउ परेका विदेशीलाई
फाइल वर्षौदेखि गृहमै थन्किएको इन्टरपोल शाखाका एक
अधिकारीले बताए। थपिदै सूची नेपाल प्रहरीका नयाँ प्रवक्ता डिआईजी नवराज सिलवालले रेड कर्नरमा रहेका
नेपालीहरू सम्बन्धी विवरण गत शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक
गरेका छन्। उनले दिएको तथ्याङकअनुसार विश्वका विभिन्न देशमा रेडकर्नर नोटिस
जारी भएका नेपालीहरूको संख्या बढ्दै गएको छ। अदालतले समेत दोषी ठहर गरी
रेडकर्नर सूचीमा पर्ने नेपालीको संख्या दुई वर्षमा दोब्बर भएर ७९ पुगेको छ।
विश्व अपराध प्रहरी संगठन(इन्टरपोल)ले ७९ जना नेपालीलाई मोस्टवान्टेड सूचीमा राखी खोजी गरिरहेको छ।
दुई वर्षअघिसम्म करिब ४० जना नेपाली रेडकर्नरमा भएकोमा हाल त्यो संख्या
दोब्बर पुगेको प्रहरी अधिकारीहरू बताउँछन्। भारत र खाडी देशमा कार्यरत
धेरै नेपालीहरू अपराधिक गतिविधिमा संलग्न हुने गरेका छन्। ७९ मध्ये ११ जनालाई नेपाल प्रहरीको अनुरोधमा र बाँकीलाई अन्य देशको अनुरोधमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ। इन्टरपोलका अनुसार सबैभन्दा धेरै नेपाली भारतीय प्रहरीको सिफारिसमा
रेडकर्नरमा परेका छन्। भारतमा गम्भीर किसिमका अपराध गरी फरार भएका २५ जना
नेपालीमाथि रेडकर्नर नोटिस जारी भएको छ। त्यस्तै कतारमा अपराध गरी फरार
रहेका १५ नेपालीमाथि पनि रेडकर्नर नोटिस जारी भएको छ। युनाइटेड अरब
इमिरेट्स (युएई)मा अपराध गर्ने १४ नेपाली रेडकर्नरमा छन्। त्यस्तै
अमेरिकामा अपराध गर्ने तीन, साउदी अरेबियामा तीन, इटाली, बेलारुस देशका
प्रहरीको सिफारिसमा एक–एक नेपाली रेडकर्नर नोटिसमा छन्।
नेपाल प्रहरीको सिफारिसमा रेडकर्नर नोटिस जारी भएका फरार अभियुक्तह181मा जगदीश चन्द, पशुपति शुक्ला, भूपेन्द्र खड्का, भक्तबहादुर लामा, विष्णुबहादुर लामा, रामबहादुर तामाङ, केशव दर्लामीमगर, रियाल फकिर, गोकुल गिरी, अंगवीर बोहरा र रामकुमार यादव छन्। त्यस्तै, भारतमा अपराध गरेर रेडकर्नरमा पर्ने नेपालीमा राजेन्द्रबहादुर, चक्करसिंह ठकुरी, देवी वली, वीरेन्द्रबहादुर थापा, इनद्रबहादुर साउद, शिवराज शर्मा, नान्नु मगर, राजबहादुर शाही, खुमराज थापा छन्। भिमे दमाईं, विपिन विष्ट, छावाङ, तुलाराम बहादुर, कृष्ण ओमांगी, पदमबहादुर गुरुङ, हरिहर भुसाल, टासी छिरिङ, सुनील राई, राजेश 212ेत्री, ताहिर साह, शिवशंकर प्रसाद, अनुप प्रधान, माधवी श्रेष्ठविरुद्ध पनि भारतीय प्रहरीको अनुरोधमा नोटिस जारी भएको छ। भारतीय प्रहरीले चोरीको घटनामा धेरै नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ। त्यस्तै कतारमा गम्भीर किसिमका अपराध गर्ने २० नेपाली मोस्टवान्टेड सूचीमा छन्। सल श्रेष्ठ, आसन गनी, सुनील कार्की, राम आले, लियाकात खान, सत्यनारायण पोडे, मदन गिरी, भोज रेग्मी, छत्र मगर, प्रयास न्यौपाने, पूर्ण श्रेष्ठ अञ्जान श्रेष्ठ, सक थापा, हेम बझाङी, तुम बोगटी, प्रेम बधाया, महादेव थापा, हीरा 212ेत्री, राजु राई, सागर बुढाथोकी छन्। युएईबाट रेडकर्नर नोटिस जारी हुनेमा धर्मेन्द्र थापा, जितबहादुर, सन्तोष शाक्य, चूडामण्ाि फँुयाल, नामचन्द्र नाम्चू, राम महत, रमेश स्वाँर, उमेश अधिकारी, रोहन प्रसाईं, दुर्गा सिवाकोटी, राजन गैरे, रवि श्रेष्ठ, इन्द्र मादेन, लक्ष्मण सापकोटा छन्। कतार र युएईमा धेरै नेपाली ठगीका घटनामा फरार छन्। त्यस्तै साउदी अरेबियामा कालु गुरुङ, दिलबहादुर गुरुङ, प्रमोद बस्नेत मोस्टवान्टेड सूचीमा छन्। अमेरिकामा अपराध गरी भागेका साजन तिमल्सिना, पंकज जोशी, होम गुरुङ गरी तीन नेपाली विश्व प्रहरीको खोजीमा छन्। जोशीले एक वृद्धलाई परेको चिठ्ठाको पैसा आफूले लिएर भागेका थिए। आफूले चिठा नम्बर हेरिदिने भन्दै उनले अर्धकट्टी लिएर चिठा नपरेको भन्दै झुक्याएका थिए। खासमा ती बृद्धालाई एक लाख डलरको चिठ्ठा परेकेा थियो। त्यस्तै गुरुङ लागूऔषध कारोबारमा तथा तिमल्सिना सवारी दुर्घटनाको घटनामा रेडकर्नरमा परेका हुन्। इटाली प्रहरीको सिफारिसमा पञ्चबहादुर गुरुङविरुद्ध पनि रेडकर्नर नोटिस जारी भएको छ। त्यस्तै ठगी र अवैध व्यापार गरेको अभियोगमा बेलारुसको प्रहरीले मोहनप्रसाद जैसवालविरुद्ध पनि नोटिस जारी गरेको छ। त्यस्तै बहराइनले दीपबहादुर खड्कालाई इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराएको छ। पैसा नभएको चेक दिएर ठगी गरी अर्कै व्यक्तिको पासपोर्ट लिएर खड्का नेपाल भाग्न सफल भएका थिए। हावादारी नोटिस! बहराइनमा ठगी गरेको अभियोगमा रेड कर्नर नोटिस जारी गरिएका दीपबहादुर खड्काले बहराइनबाट फर्किएपछि नेपालमा पनि ठगी गर्न भ्याए। उनले बैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेका थिए। पिडितहरूले उनीविरुद्ध प्रहरीमा निवेदन पनि दिए। तर, प्रहरीले उनी रेड कर्नरमा परेका व्यक्ति भन्ने थाहा नै पाएन। त्यही बीचमा खड्का मलेसिया पुगे। अहिलेसम्म उनी मलेसियामै बस्दै आएका छन्। परिवारसँग उनको नियमित सम्पर्क छ। पिडितहरूले उनको बारेमा प्रहरीलाई पनि जानकारी गराएका छन्। तर, प्रहरीले कुनै चासो दिएको छैन। यो घटनाले रेड कर्नर नोटिस जारी कति हावादारी छ भन्ने कुरा प्रष्ट हुन्छ। रेड कर्नर नोटिस जारी भएका कुनै पनि व्यक्ति खोज्नका लागि प्रहरी गम्भीरताका साथ लाग्ने गरेको छैन। बैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने भक्तबहादुर तथा बिष्णु बहादुर लामा विगत चार वर्षदेखि रेडकर्नर नोटिसमा छन्। तर, उनीहरूलाई खोजी गर्न प्रहरीका कुनै पनि निकायले चासो दिएका छैनन्। इन्टरपोलको एनसिबी काठमाडौं सम्पर्क कार्यालयमा सिमित छ। इन्टरपोलको बैठकमा भाग लिन जाने र चिठी लेख्ने बाहेक उसले केही गर्न सकेको छैन। सो कार्यालयले नै नोटिस जारी गरिएका व्यक्तिहरूको खोजी गर्ने संयन्त्र बनाउन पहल गरे पनि सफल हुन सकेको छैन। अहिले रेडकर्नर नोटिसमा परेका व्यक्तिबारे धेरै प्रहरी कार्यालयलाई नै जानकारी हुने गरेको छैन। त्यसका लागि आपराधिक सूचनाको केन्द्रीय डाटा सिस्टम आवश्यक हुने प्रहरी अधिकारीह181 बताउँछन्। रेडकर्नर सूचीमा रहेका व्यक्तिहरूलाई पक्राउ गर्न हरेक देशमा नेसनल कम्युनिकेनस ब्युरो (एनसिबी) हुने गर्दछ। तर, डाटा सिस्टम आधुनिक हुन नसक्दा एनसिबी काठमाडौंले प्रभावकारी काम गर्न सकेको छैन।

No comments:
Post a Comment