Tuesday, July 16, 2013

वैद्यलाई वार्तामा बस्न आजै औपचारिक पत्र पठाइने

          २ साउन, काठमाण्डौं । उच्चस्तरीय राजनीतिक समितिले निर्वाचनको विपक्षमा रहेका नेकपा-माओवादीसहितका दलहरुलाई औपचारिक पत्र पठाउने निर्णय गरेको छ । 
             समितिको कार्यालय नयाँबानेश्वरमा बसेको बैठकले आज औपचारिक पत्र पठाएर असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गर्ने र भोली वार्ता गर्ने तयारी समितिले गरेको बैठकमा सहभागी समितिका सदस्य तथा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो ।
            त्यस्तै बैठकले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको ६ महिना भित्रमा पहिलो मस्यौदा तयार पार्ने र एक बर्षभित्रमा सम्पूर्ण काम सक्ने गरी तयारी गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी
दिनुभयो ।
          अर्को निर्वाचन नहुन्जेल सम्म संविधानसभालाई नै व्यवस्थापिका संसदको रुपमा रुपान्तरण गरी कामकारबाही अघि बढाउने निर्णय बैठकले गरेको छ ।

No comments:

Post a Comment