Tuesday, July 16, 2013

को सँग प्रेम गरिरहेकी छिन् पुनम पाण्डे ?

poonam_pandey13               (एजेन्सी)– मुम्बईमा बस्ने २२ वर्षीय शिवमले जब आफ्नो साथीहरुलाई भने कि उनी पुनम पाण्डेको साथमा एउटा फिल्ममा काम गरिरहेका छन् त तब उनको प्रतिक्रिया थियो, 
              ‘के तिमीलाई आफूले गरेको काम सही गरिरहेको छु भन्ने विश्वास छ ? एकचोटी फेरी सोच ।’
           शिवमले यो कुरा बीबीसीलाई बताए । उनी पुनम पाण्डेका साथमा फिल्म ‘नशा’ बाट बलिउडमा प्रवेशमा गर्दैछन् ।
              पुनम पाण्डेको बारेमा शिवम भन्दछन्, ‘उनलाई नचिन्ने को होला र जब मलाई थाहा भयो कि फिल्ममा मेरो हिरोइन उनी हुन्छिन् भन्ने थाहा पाएर निकै रमाइलो लाग्यो । मलाई लाग्यो यो मेरो करियरको लागि निकै राम्रो मौका हो ।’
                 ‘नशा’ को निर्देशक अमित सक्सेना हुन् । यो फिल्म कम उमेरको केटा र उनको भन्दा बढि उमेर भएको केटीको प्रेम कहानीमा आधार मानेर बनाइएको फिल्म
हो ।
बोल्ड सीन
            शिवम फिल्ममा पूनको १८ वर्षीय प्रेमीको भूमिका निभाइरहेका छन् । शिवम भन्छन् कि उनलाई सुरुवातदेखि नै फिल्ममा यस प्रकारको धेरै दृश्य भएको कुरा उनलाई थाहा थियो र उनलाई मानसिक रुपमा पनि तयार हुन भनिएको थियो र यसको लागि उनी पहिले देखि नै निकै तयार थिए तर पनि पहिलो सीनको सुरुवातमा उनी नर्भस थिए ।
                 शिवम भन्छन्,‘पुनम र मेरो बिच जब पहिलो किसको सुटिङ भइरहेको थियो तब म निकै डराएको थिएँ । तर निर्देशकले सेटमा हाम्रो लागि अर्कै माहोल बनाइदिए, त्यसपछि भने मलाई केहि पनि भएन ।’

No comments:

Post a Comment