१९ असार, काठमाण्डौ । एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले युनिटी काण्डमा करोडौं घुस खाएको अभियोग लागेको छ । अर्थमन्त्री हुँदा पाण्डेले ५करोड नगद र करोडौं रुपैयाँका अन्य जिन्सी
समाग्री लिएको आरोपसहित यतिबेला एमाले कार्यकर्ता अध्यक्ष झलनाथ खनालको
दैलोमा पुगेका छन् ।
एमाले धौलागिरी अञ्चल समन्वय कमिटी सदस्य कृष्ण पाठकले पार्टीको नाम
जोडेर युनिटीसँग भएका आर्थिक लेनदेनको पारदर्शीताको माग गर्दै खनालसमक्ष
निबेदन बुझाएका छन् । युनिटी
प्रकरणमा ३० महिना तीन दिन जेल बसेर ३७ लाख धरौटीमा रिहा भएका पाठकले
बैशाखको तेस्रो साता बसेको एमाले स्थायी समितिको वैठकमा पाण्डेमाथि संगीन
आरोप लगाउँदै पत्र बुझाएका छन् । महासचिव इश्वर
पोखरेल वैठकबाट बाहिरिएका बेला पारेर दिइएको पत्र सवै
स्थायी समिति सदस्यलाई एक-एक प्रति दिइएको थियो भने बोधार्थ अनुशासन
आयोगलाई दिइएको थियो । अनुरोधपत्रमा एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा पाण्डे र
युनिटीका चाटर्ड एकाउन्टेन कृष्ण पनेरुमार्फत् युनिटीले एमालेलाई ३ करोड ५०
लाख बुझाएको उल्लेख छ । पाण्डे अर्थमन्त्री भएपछि पनि पार्टीलाई
सहयोगस्वरुप भनेर दुईपटक ५०-५० लाख गरी कुल १ करोड रुपैयाँ बुझाएको र
पार्टीका केन्द्रीय सदस्यहरुका लागि भनी पहिलो चरणमा ३३ थान अत्याधुनिक
ल्यापटप दिइएको पाठकले पत्रमा उल्लेख गरेका छन् ।
युनिटी र पाण्डेवीच पछिल्लो समय मनमुटाव हुनुमा पनि आर्थिक लेनदेन नै
मुख्य कारण रहेको पाठकले दावी गरेका छन् । उनले भनेको छन-’०६७ बैशाखको
पहिलो हप्तातिर तत्कालिन मन्त्री सुरेन्द्र पाण्डेमार्फत् बाणिज्य
मन्त्रालय लगायत बिमा समिति, राजश्व र राष्ट्र बैंकसम्म कागजात र कुरा
मिलाउनुपर्ने भयो र त्यसका लागि पार्टीका लागि ५ करोड रुपैयाँ र एउटा
हाइलक्स गाडी दिनुपर्ने भयो भन्दै युनिटीका अध्यक्ष र एमडी मसँग आए ।’ पाठकका अनुसार त्यसबारे कुरा गर्न उनी स्वयं पाण्डेसमक्ष पुगेका थिए ।
बिगतमा पनि सहयोग गरेकै हो, यसबेला त्यति धेरै रकम सहयोग गर्न नसक्ने तर
बढिमा २ करोडसम्म दिन सकिने बताएपछि पाण्डे उनीमाथि खनिएको पत्रमा उल्लेख छ
। ‘तपाई किन आउनुपर्यो, यसमा अरु नै साथीहरु लागिरहनुभएको छ, यसमा तपाईले
धेरै चासो नदिनुहोला भनेपछि म फर्केर त्यही कुरा अध्यक्ष र एमडीलाई बताएँ,
त्यसको एक महिनापछि युनिटी बन्द भयो ।’ पाठकले बुझाएको पत्रमा उल्लेख छ ।
त्यो रकम पार्टीमा आए/नआएको वा पार्टीको नाम जोडेर पाण्डेले नै अनियमितता
गरेको बारे छानविन गर्न उनले अध्यक्ष खनालसमक्ष माग गरेका छन् ।
No comments:
Post a Comment