वैद्यपक्ष चुनाव गर्नै नदिने, सरकार जसरी पनि गर्ने
२० असार, काठमाडौं । मोहन वैद्य नेतृत्वको
नेकपा माओवादीले पोखराबाट चुनाव बहिस्कारको निर्णय सार्वजनिक गर्नासाथ
सरकारले पनि बहिस्कारवादीलाई दबाएरै भए पनि चुनाव सफल पार्ने नीति अख्तियार
गरेको छ । साथै गृह मन्त्रालयमा बसेको सुरक्षा अंगका प्रमुखहरुको बैठकले
वैद्य समूहले निर्वाचन बिथोल्न नसक्ने निश्कर्ष निकालेको छ ।सरकार र माओवादी दुबैपक्षको अडान र
तयारीलाई हेर्दा नेपाली राजनीतिमा अबको केही महिना मुठभेडको स्थिति
देखापर्न थालेको छ । पोखरामा हालै सम्पन्न माओवादी बैठकले मंसिर ४ को
निर्वाचनलाई जसरी पनि बिथोल्ने र यसका लागि आवश्यक परे फौजी दस्तासमेत
बनाउने निर्णय गरेको छ । आफूहरुलाई दबाएर चुनावमा जाने कार्य भएमा वैद्य
माओवादीकै शब्दमा ‘आत्मसमर्पण नगर्ने बरु जनयुद्धमा र्फकने’ निर्णय छ । देशव्यापीरुपमा वैद्य माओवादीको संगठन
खासै बलियो नभएकाले उसलाई दबाएरै भए पनि निर्वाचनमा जान सकिने सरकारी
सुरक्षा अंग एवं प्रमुख राजनीतिक दलहरुको दाबी छ । प्रमुख दलका नेताहरुले
वैद्यद्वारा लिइएको निर्वाचन बहिस्कारको नीति उसैका लागि आत्मघाती हुने
बताएका छन् । तर, वैद्य पक्षका नेताले चाहिँ आफूहरुले मात्रै नभएर अन्य
शक्तिले पनि मंसिरको चुनाव नचाहेकाले सरकारले आफूहरुलाई दबाएर चुनाव गर्न
नसक्ने दाबी गरेको छ । सरकार र माओवादी दुबैतिरको अडान र तयारीले आशन्न
मुठभेडको स्पष्ट संकेत गरेको छ ।
No comments:
Post a Comment