बिहे पश्चात नायिकाहरु सिने नगरीबाट
हराउछन् भनिन्छ । विशेषगरी नायिकाहरु प्रतिको झुकाव दर्शकममा कम हुदै जान्छ
भन्नेहरु पनि एकातिर छन् । तर नेपाली सिनेमाकी चर्चित नायिका अरुणिमा
लम्साल भने नेपालमा बिहे पश्चात नै नायिकाहरु चर्चामा रहेको तर्क गर्छिन् ।बिहे
पश्चात नै नेपालमा नायिकाहरुको करिअर बलेको वुझाई
अरुणिमाको छ । हाल सिने
नगरीबाट केही पछि देखिएकी लम्सालको ‘उर्वशी’ र ‘पिपल’ नामका दुई सिनेमा
प्रदर्शनका लागि तयार छन् । बिहे पश्चात पनि नायिकाहरुले बेडसिन
दिइरहेको उदाहरण नेपाली सिनेमामा देखिएको छ । यो बिषयमा प्रश्न राख्दा
नायिका लम्सालले कलाकार भएपछि सबै खालको भूमिका गर्नुपर्ने तर्क गरिन् ।
‘बिषय विवाहको होइन कलाकारिताको हो, यसैले भूमिका कस्तो छ त्यसलाई निर्वाहा
गर्नुपर्दछ’, अरुणिमाले भनिन् । अरुणिमाले रमाइलो उतर दिदै भनिन्, ‘बिहे
गरेपछि बेडसिन दिन झनै सजिलो हुन्छ नि हैन र ?’ अरुणिमाले यस्तो उत्तर दिएर कुन कुरातर्फ
इङकित गर्न खोजेकी हुन् त्यो उनले नै जान्ने कुरा हो । उनको यो जवाफले अझै
पनि उनी पर्दामा बेडसिनको अफर आए गर्न तयार छिन् भन्ने देखाउछ ।
No comments:
Post a Comment