भारतकै सबैभन्दा लोकप्रिय टेलिजिभन रियालिटी शो ‘कौन बनेगा
करोडपति’को सातौ सिजन सुरु हुन अब केही दिन मात्र बाँकी छ । बलिउडका चर्चित
नायक अमिताभ बच्चनले संचालन गर्ने यो रियालिटी शो को टीआरपी सबैभन्दा धेरै
छ ।यसैबिच
हरेक बर्ष नयाँ नयाँ नियमका साथ खेलाइने यो रियालिटी शोमा यसपटक केही नयाँ
नियम थपिएको छ । जसमध्ये सबैभन्दा महत्वपुर्ण पुरस्कार राशी रहेको छ ।
गतबर्ष सम्म ५ करोडलाई अन्तिम विन्दु मानिएको थियो । तर यसबर्ष भने २ करोड
बढाउँदै ७ करोड पुर्याइएको छ । अब दिमागी तेज भएका व्यक्तिहरुले ७ करोड
सम्म घर लैजान सक्नेछन् । ७ करोड जित्नका लागि खेलाडीले १५ वटा प्रश्नको सही जवाफ दिनुपर्नेछ ।
यसअघि ५ करोड जित्नका लागि १३ वटा प्रश्नको सही जवाफ दिए पुग्थ्यो ।
उपहारको नाम ‘सप्त कोटी संदूक’ राखिएको छ । जसमा प्रतियोगीले १ करोड, ३
करोड, ५ करोड र ७ करोड जित्ने मौका पाउनेछन् । यो भन्दा बाहेक पनि यो
रियालिटी शोका धेरै नियमहरु परिवर्तन गरिएको छ ।
No comments:
Post a Comment