पर्वत,
२०७० भदौ २ । शनिबार देखि पर्वतमा जेसीज सप्ताह शुरु भएको छ । सांगठानिक र
सामाजिक कार्यक्रम आयोजना गर्ने उद्देश्य सहित जेसीज सप्ताह शुरु भएको हो
।
नेपाल जेसिजका पुर्व अध्यक्ष महेश दाहालले उद्घाटन गरेका कार्यक्रममा
नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष निशान्त आचार्य, महासचिव अरुण इश्वर
खनाल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य उदय सुबेदी, राप्रपाका सचिब
इश्वर गिरी राप्रपा नेपालका
सचिब प्रकाश पौडेल, पर्वत उद्योग वार्णिज्य
संघका अध्यक्ष रामकृष्ण कर्माचार्य, पर्वत जेसिज अध्यक्षीय क्लबका अध्यक्ष
गोबिन्द आचार्य, म्याग्दी जेसीजका अध्यक्ष विनय श्रेष्ठ लगायतले जेसिजले
युबाहरुको ब्यक्तित्व र नेतृत्व बिकासका अलवा सामाजिक काममा समेत
महत्वपुर्ण भूमिका खेलेको बताएका थिए ।
कार्यक्रममा सप्ताहका मुल संयोजक कमल थापाले सप्ताहब्यापी रुपमा आयोजना गरिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम भने पर्वत जेसिजका अध्यक्ष बद्रीनारायण पौडेलको अध्यक्षता,
कार्यक्रम संयोजक बिनोद आचार्यको स्वागत र महासचिव राजन जोशीको सञ्चालनमा
सम्पन्न भएको थियो ।
No comments:
Post a Comment