Sunday, August 18, 2013

पर्वतमा सञ्चारिका समुह गठन

                   पर्वत, २०७० भदौ २ । शनिवार कुस्माबजारमा भएको पर्वत जिल्लामा क्रियाशील महिला सञ्चारकर्मीहरुको भेलाले माया अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सञ्चारिका समुह जिल्ला कार्यसमिति पर्वत गठन गरेको छ ।
             भेलाले नवगठित समितिको उपाध्यक्षमा इन्दु तिवारी, सचिबमा संगीता केसी, कोषाध्यक्षमा इन्दिरा शर्मा चयन गरेको छ ।
             समुहको सदस्यमा सरस्वती शर्मा जिज्ञासु, कमला केसी, विष्णु गौतम, माया श्रेष्ठ, सुरक्षा लामिछाने, पुजा पौडेल
र गीता अधिकारी रहेका छन् । भेलाले समुहको सल्लाहाकारमा कल्पना चापागाइलाई चयन गरेको छ ।

No comments:

Post a Comment