KP Oli                      काठमाडौं। संविधानसभा निर्वाचनमा पहिलो दल बन्ने उद्घोष गरेको एमालले पहिलो हुने घोषणा गरेर मात्र हुँदैन त्यसका लागि थुप्रै काम गर्नुपर्छ। 
                            जनताका बीचमा एमाओवादी अलोकप्रिय हुँदै जाँदा एमाले लोकप्रिय हुने पनि होइन त्यसका लागि एमाओवादीले गरेका गलत कामको भण्डाफोर गर्ने र कन्भिन्स गरेर एमाओवादी लगायतका दलका कार्यकर्ता एमालेमा प्रवेश गराउनु पर्दछ। 
                          त्यसमा एमाले सोचेजस्तो गरी अघि बढ्न सकेको छैन। यसबीचमा झण्डै १० हजारको संख्यामा युवाहरू एमाले प्रवेश गरे त्यो पनि युवासंघ नेपालको प्रयास र त्यसको नेतृत्व महेश बस्नेतको
आम युवामा रहेको आकर्षणबाट। त्यसो त बस्नेत अध्यक्षमा दोहोरिएर निर्वाचित पनि भए तर दोस्रो कार्यकाल उनका लागि सहज हुन अवस्था देखा परिरहेको छैन। बिशेषगरी एमालेको फागुनमा हुनुपर्ने पार्टी महाधिबेशनमा एमाले प्रभावशाली नेता केपी शर्मा ओलीलाई अध्यक्ष बनाउनुपर्ने अभिब्यक्ति सार्वजनिक गरेलगतै बस्नेतविरूद्ध यो वा त्यो नाममा संगीन आरोपहरू लगाउन शुरू गरिएको छ। गत मंगलबार रिपोर्टस क्लबमा संघका उपाध्यक्ष झपट रावलसहित सचिवालयका बहुमत सदस्यले युवासंघ नेपालको घोषित श्रावण ३१ र ३२ को केन्द्रीय कमिटी प्रशिक्षण र भाद्र १ र २ को महिला भेला बहिस्कारको घोषणा गर्दै समानान्तर गतिविधिका लागि भाद्र १ मा राष्ट्रिय सभागृहमा कार्यकर्ता भेला र भाद्र १४ र १५ मा जिल्ला अध्यक्षहरूको भेला आयोजना गरिएको घोषणा गरे। अन्तिम समयमा आएर पार्टी अध्यक्ष झलनाथ खनालले दुवै पक्षलाई घोषित प्रशिक्षण र भेला रोक्न विज्ञप्तिमार्फत् निर्देशन दिए पनि असन्तुष्ट पक्षले गर्ने भनिएको प्रशिक्षण कार्यक्रम रोकिएको छ भने बस्नेतले घोषित गरेको श्रावण ३१ र ३२ को केन्द्रीय कमिटी प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ।
                   पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले हिसाव किताब अपारदर्शी भएको जस्ता संगिन आरोप लगाउदै आफूलाई आर्थिक जिम्मेवारी दिन भने पनि स्वयम् अध्यक्ष बस्नेत र निरू पालकै नाममा खाता चलाइएकोमा रोष ब्यक्त गरे। पार्टी र भातृ संगठनमा सामान्यतया मूल नेतृत्वकै हस्ताक्षरमा खाता सञ्चालन गरिन्छ। यसबाट पनि नेता रावलको असन्तुष्टि कहा र केका लागि रहेछ भन्ने त प्रस्ट भयो अध्यक्ष बस्नेत निकस्ट एक पदाधिकारीले भने। उपाध्यक्ष झपट रावल, भीम रावल गृहमन्त्री हुादा उनका निजी सचिव नियुक्त भएका थिए, त्यस जिम्मेवारीमा रहादा उनले देखाएको पैसाप्रतिको आकांक्षा र कार्यकर्ताप्रतिको व्यवहारले नै उनी अध्यक्ष बन्न सकेनन् र पुनः उपाध्यक्ष कै जिम्मेवारीमा रहन वाध्य भएका थिए। यसबीच युवासंघ नेपालको बिकल्पमा रूपमा राष्ट्रिय युवा परिषद (नेशनल युथ काउन्सिल)लाई अगाडि बढाउने तयारी पार्टी अध्यक्ष खनाल निकस्थहरूले गरेेका छन्। जसमा युवासंघको वर्तमान नेतृत्वसाग पराजीत भएकाहरूलाई समावेश गराएर लैजाने तयारी गरिएको बुझिएको छ। युवा संघमा बस्नेतको प्रभाव वढ्दै गएको र त्यसले सिङ्गो पार्टीलाई प्रभावित पार्दै गएपछि बस्नेतलाई कसरी रोक्न सकिन्छ भनेर अध्यक्ष खनाल निकटस्थहरु लागेका छन्। संविधानसभा निर्वाचनका सम्मुखमा जबर्जस्त रूपमा सिर्जना गरिएको विवाद र सांठगनिक अराजकताले अध्यक्ष बस्नेेतलाई कमजोर बनाउला/नबनाउँला। तर युवासंघ र एमालेलाई कमजोर भने अबश्य बनाउने छ।