पार्टी सभापति सुशिल कोइराला भारतबाट फर्केको भोलीपल्ट उनकै निवास
महाराजगञ्जमा बसेको बैठकले असन्तुष्टको मागप्रति हदैसम्मको लचकता अपनाउने
निर्णय गरेको हो ।बैठकले सरकार विघटन, मंसिरमा तोकिएको संविधानसभाको दोस्रो निर्वाचनकोको स्थगन लगायताका माग भने पूरा गर्न नसकिने बताएको छ । कुनैपनि हालतमा मंसिरमा चुनाव गर्नको लागि असन्तुष्टहरुको मागप्रति पार्टीले हदैसम्मको लचकता
अपनाउने निर्णय गरको बैठक पछि केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिए ।
कांग्रसले मंसिरको चुनाव सार्न नहुने समेत निश्कर्ष निकालेको छ । अन्य विषयमा आवश्यकता अनुसार परिमार्जन गर्न सकिने केसीले बताए । ’११ र २५ बुँदे सहमतिमा पूर्णविराम र कमा पनि परिवर्तन हुँदैन भन्ने होइन’ केसीले भने, ‘तर मंसिर ४ को निर्वाचन सार्ने र सरकार परिवर्तनको कुरामा अर्को सहमति हुन सक्दैन ।’बैठकमा सभापति कोइरालाले भारत भ्रमणबारे समेत सदस्यहरुलाई जानकारी गराएका थिए ।बैठकमा पार्टी पदाधिकारी तथा काठमाडौंमा रहेका केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment