Tuesday, March 10, 2015

सहमतिका लागि विपक्षी मोर्चाले ३० गतेसम्म पर्खने, एसएलसीपछि सशक्त आन्दोलन

            काठमाडौं, फागुन २६ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सहमतिको लागि ३० गतेसम्म पर्खने निर्णय गरेको छ । यसअघि वार्ता र सहमतिको लागि २५ गतेसम्म मात्र पर्खने र २६ गते आन्दोलनको घोषणा गर्ने बताएको ३० दलीय मोर्चाको मंगलबार सिंहदरवारमा बसेको बैठकले केही दिन अझै पर्खने निर्णय गरेको हो । विपक्षी दलले २५ गते सम्म सहमतिको लागि समय दिएपछि एउटा शीर्ष बैठकबाहेक बस्न सकेको छैन । वार्ता प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच अनौपचारिक कुराकानीमा सिमित बनेको छ । हिजोमात्र प्रधानमन्त्री सुशील कोइरालाले विज्ञप्ति जारी गर्दै विपक्षी मोर्चालाई वार्ताको
वातावरण बनाउन आह्वान गरेका थिए भने विहान मात्र राष्ट्रपति रामवरण यादवले मोर्चाका संयोजक प्रचण्डलाई फोन गरी संवाद जारी राख्न आग्रह गरेका थिए । मोर्चाका नेता पासाङ शेर्पाका अनुसार सत्तारुढ दललाई ३० गतेसम्म पर्खने र सहमति नभए १ गतेबाट क्रियात्मक आन्दोलन शुरु गर्ने मोर्चाले निर्णय गरेको छ । एसएलसीलाई ध्यानमा राख्दै त्यसपछि निर्णायक र सशक्त आन्दोलन गर्ने पनि मोर्चाले निर्णय गरेको छ ।

No comments:

Post a Comment