Aasaram-Bapu                 नयाँ दिल्ली । पटक बलात्कार जस्तो जंघन्य अपराध गर्दै हिडे पनि राजनीतिका कारण बच्दै आएको भारतीय हिन्दु धर्मका गुरु आशाराम नाबालिक बलात्कार गरेको अपराधमा पक्राउ परेको छ । पश्चिमाहरुले हिन्दुहरुको अस्तित्व नै निमिट्यान्न पार्ने अभियान सुरु गर्दै गर्दा यस्ता ढोगी अपराधिहरुका कारण हिन्दु धर्ममाथि नै प्रश्न उठाउने अवसर भएको छ । भारतीय बाब भनाउँदाहरु जस्ता रामदेवले आफ्नै गुरुलाई बेपत्ता बनाएर आश्रम कब्जा गरेको देखि यिनै आशारामले पनि धर्मका नाममा अरबौ पैसा संकलन गरेका कारण राजनीतिक दबाब खडा गरी कुकर्मबाट बच्दै आएका थिए ।जोधपुर प्रहरीले मध्यरातमा पक्राउ गरी उनलाई सोधपुछ सुरु गरेको छ। समर्थकको ठूलो
संख्याले प्रहरीलाई आश्रममा छिर्न नदिएपछि मध्य रातमा प्रहरीले आश्रमलाई घेरा हाली उनलाई पक्राउ गरेको हो। इन्दौरबाट प्रहरीको भ्यानमा हालेर लैजाँदै गर्दा प्रहरीविरुद्ध उनका समर्थकले नाराबाजी गरेका थिए। यसअघि आश्रममै उनलाई सोधपुछ गर्ने तयारी प्रहरीले गरेको थियो। तर पुलिसको टोली आश्रम पुग्नासाथ उनले हजारौं समर्थक राखेर सत्संग सुरु गरेका थिए। त्यसपछि प्रहरीलाई बेवास्ता गर्दै आराम गर्न हिँडेका थिए। हत्या, जग्गा हडप्ने, काला जादू लगायतका आरोपमा मुछिँदै आएका भारतका विवादास्पद धर्म गुरु आसाराम बापूमाथि १६ वर्षीय किशोरीले यौन शोरषणको आरोपमा प्रहरीमा जाहेरी दिएकी थिइन्। उनलाई बारम्बार यौन दुराचारको अभियोग लाग्दै आएको छ। अहिलेसम्म जतिपटक यस प्रकारका आरोप लागे ती सबैबाट उनी उम्किएका छन्। अहमदाबादमा उनको मुख्य आश्रम रहेको छ।अध्यात्मिक नेताको रुपमा अगाडि देखिने आसाराम जहिले पनि विवादले घेरिएका छन्। हत्या, जमीन कब्जा, काला जादू गर्न, मानिसलाई धम्की दिनेजस्ता आरोप उनीमाथि लाग्ने गर्छन्। आसाराम आश्रमका एक पूर्वसदस्य राजु चंडकले प्रहरीसँग आसारामलाई महिलाको यौन शोषण गरेको देखेको बताएका थिए। डिसेम्बर २००९ मा राजु चंडकमाथि अहमदाबादमा अज्ञात ब्याक्तिले गोली प्रहार गरे। गुजरात पुलिसले आसाराम र अन्य दुइ जनाविरुद्धमा हत्या कोसिस उजुरी दर्ता गरेको छ।