आफ्नो सेक्सी छविको कारण चर्चामा
आइरहने मोडल पूनम पाण्डेलाई ‘बीग बोस ७’ मा हेर्ने दर्शकको चाहना अधुरो
हुने भएको छ । आर्थिक कारण देखाउँदै पाण्डेले ‘बीग बोस’मा जान अस्विकार
गरेकी हुन् ।पूनमका
अनुसार उनलाई ‘बीग बोस ७’का लागि २ करोडको अफर गरिएको थियो । तर आफ्नो
व्यक्तिगत कुराहरु समेत सार्वजनिक गरेर दर्शकलाई मनोरञ्जन दिनका लागि २
करोड कम भएको उनको तर्क छ । पूनमले ‘बीग बोस ७’का
निर्मातासँग ३ करोडको अफर
गरेको बताइएको छ । यता स्वर्गीय नायिका जीया खानका प्रेमिको
रुपमा चिनिएका सुरज पंचोलीले भने ‘बीग बोस ७’मा आफ्नो स्थान सुरक्षित गरेका
छन् । पूनम पाण्डे ‘बीग बोस ७’मा सहभागी भएकोे भए यसको चर्चा अझ हुने थियो
। बलिउडका चर्चित नायक सलमान खानले संचालन गर्ने यो रियालिटी शो
सेम्टेम्बर १५ तारिख देखि सुरु हुँदैछ ।
No comments:
Post a Comment