Thursday, October 10, 2013

विराज र रेखाको भिडन्तमा कस्को होला त जित ?

                      चाडपर्व र नयाँ बर्षमा सिनेमा रिलिज गर्दै आएका निर्माता छविराज ओझाका लागि यो बर्ष केही भारी पर्ने देखिएको छ । 
                      यो बर्ष उनी कार्यकारी निर्माता रहेको चलचित्र ‘काली’लाई विराज भट्टले अभिनय गरेको चलचित्र ‘दामिनी’ले टक्कर दिने भएको छ । यसैले पनि असोज २५ अर्थात भोलीको दिन नेपाली सिने नगरीमा धेरैको आखा लागेको छ । रेखा थापाको निर्माणमा सविर श्रेष्ठले निर्देशन गरेको
‘काली’ देशभरका हलमा चल्ने तयारीमा छ । यस्तै विराज भट्ट र रेखा थापाले नै अभिनय गरेको चलचित्र ‘दामिनी’ले पनि देशभरका हलबाट दशै खाने तयारी गरेको छ । उसो त काली र दामिनीको भिडन्तले एक महिना देखि नै सिने नगरीलाई चर्काएको छ । यसैले पनि यि दुई सिनेमाको व्यापारले सिने बजारमा ठूलै अर्थ लाग्ने देखिएको छ 

No comments:

Post a Comment