Saturday, January 4, 2014

ग्राहक ठगिएपछि एसविआई बैंक विर्तामोडको एटिएममा ताला

                 २० पुस, झापा । एटिएमबाट ठगिएको भन्दै ग्राहकहरुले झापाको विर्तामोडस्थित एसविआई बैंकको एटिएममा ताला लगाइदिएका छन् । एटिएममाबाट पैसा निकाल्दा ननिस्कने तर खातामा भने घटेपछि ग्राहकले शनिबार विहान ताला लगाइदिएका हुन् ।
                        ग्राहकले खाताबाट घटेको आफ्नो पैसा फिर्ता दिन र कर्मचारीबाट भएको अनियमितताको छानविन माग गर्दै एटिएममा ताला लगाएका हुन् । उनीहरुले एटिएमबाट भएको ठगी छानविन गरी ग्राहकको पैसा फिर्ता नगरेर बैंकको शाखा बन्द गर्न दवाब दिएका छन् । ‘हामीले कार्ड प्रयोग गरेर पैसा झिक्न खोज्दा एटिएममै अड्कने गरेको छ , तर खातामा भने पैसा घट्ने भएकाले छानविन गर्न माग गर्दै ताला लगाएका हौं ।’ बैंकका ग्राहक उपभोक्ता तारा मणि सापकोटाले भने । एटिएमबाट झिक्न खोज्दा ननिस्कने पैसा बैंकका कर्मचारीहरुले
अनियमितता गरेको रकम फिर्ताका लागि ताला लगाइदिएको सापकोटाले बताए ।

No comments:

Post a Comment