Saturday, January 4, 2014

प्रकाशमानले भने, ‘बैठक राष्ट्रपतिले नै बोलाउनुपर्छ’

prakashman
              काठमाडौँ, पुस २०–नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले अन्तर्राष्ट्रिय प्रचलनअनुसार संविधानसभाको बैठक राष्ट्रपतिले बोलाउनु नै उचित हुने बताएका छन् ।
                 बुद्धनगर युथ कमिटीले शनिबार आयोजना गरेको ‘बधाई र भेटघाट’ कार्यक्रममा उनले उच्चस्तरीय राजनीतिक समितिले सुझाव दिएपछि राष्ट्रपतिले संविधानसभा बैठक बोलाउने बताए ।
                    उनले कांग्रेसको नेतृत्वमा सहमतिको सरकार गठनका लागि प्रयास भइरहेको जानकारी दिँदै सबै दललाई समेटेर एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प नभएको बताए ।
पूर्व सभासद् राधेश्याम अधिकारीले लोकतान्त्रिक संविधान निर्माणका लागि जनताले दिएको जिम्मेवारी पूरा गर्न सरोकारवाला गम्भीरतापूर्वक
लाग्नुपर्ने बताए 

No comments:

Post a Comment