Thursday, January 2, 2014

नेताको दासमात्रै भएर पार्टीमा बसिँदैन : थापा


Gagan-thapa            १८ पुस, काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टीका शीर्ष नेताहरुले जे निर्णय गर्छन् त्यसमा तालीमात्रै पड्काएर बस्नुको औचित्य नरहेको वताउनु भएको छ ।  
          रिपोर्टर्स क्लब नेपालले बिहीवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो,’सधै नेताहरुले जे गर्छन त्यसमा ताली पड्काएर बस्नुको औचित्य छैन । त्यसपछि यूवाहरुले नयाँ ढंगले सोच्नु पर्छ । ‘

              समानुपातिको सूची बनाउँदा नेपाली काँग्रेस पार्टीले निर्णय नगरी महाराजगञ्ज दरवार र बुढानिलकण्ठ दरवारी मोर्चाको हुकुम प्रमाङगिबाट भएको आरोप लगाउँदै थापाले काँग्रेसभित्र भागबण्डाको नाममा काले काले मिलेर खाँउ भालेको शैली देखिएको बताउनुभयो ।  थापाले एक वर्षभित्र संविधान निर्माण र स्थानीय निकायको निर्वाचन नगरे नेताहरुको दास भएर पार्टीमा बस्नुको औचित्य
नहुने बताउनु भयो ।
                उहाँले काँग्रेसभित्र समानुपातिक सभासद चयनमा ४० र ६० प्रतिशतको भाग बण्डा पहिला नै भईसकेकोले चयनमा भन्दा पनि गुट भित्रका उपगुटहरुवीच सभासद बाँडफाँडको विषयलाई लिएर ढिला भएको भन्दै अब समानुपातिक निर्वाचन प्रणाली नै हटाउनु पर्ने माग गर्नु भयो । थापाले भन्नुभयो,’नेताहरुले पार्टी नै चलाउन जान्नु भएन ।जसको मुल्य लोकतन्त्रले चुकाउनु परेको छ । अझै समानुपातिक निर्वाचन प्रणालीले त दल सञ्चालन र लोकतन्त्रमा झनै ठूलो समस्या ल्यायो । अब यो प्रणालीको अन्त्य गर्नु पर्छ । ‘
          उहाँले समानुपातिक निर्वाचन प्रणालीको साटो प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेशी गर्ने निर्वाचन प्रणाली खोज्नु पर्ने भन्दै आगामि संविधानमा समानुपातिक प्रणाली लेखिए त्यो मुलुककै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिनुभयो । थापाले पार्टीभित्र न्याय गर्न नसक्ने नेताहरुले सहमतिको राग अलाप्न नहुने तर्क गर्दै १ वर्षभित्र सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्नु पर्ने जिकिर गर्नु भयो ।
उहाँले पार्टीसँग पैसामा सभासद किनेका र आफ्न्त भएकाले सभासद बनेकाहरुवीच आफू बसेर संविधान निर्माणमा बहस गर्नु लाजमर्दो अवस्था भएको समेत गुनासो गर्नु भयो ।
कार्यक्रममा नेकपा एमालेका यूवा नेता रविन्द्र अधिकारीले काँग्रेस पहिलो पाटी बनेकोले उसले आफ्नो अनुकुलतामा सरकार निर्माण गर्न सुझाव दिँदै सहमति नभए एमाले प्रतिपक्षमा बस्ने स्पष्ट पार्नु भयो ।
उहाँले भन्नुभयो,’काँग्रेसको सहजतामा सरकार बनोस, एमाले प्रतिपक्षमै बस्दा राम्रो हुन्छ । संविधान जारी नहुँदा सम्मसँगै जाआँै भन्ने हो भने संविधान बनेपछि एमालेले प्रतिपक्षमा जान्छ । तर संविधानसभामा भने हामि प्रतिपक्ष होईन, सहमतिमै अघि बढ्छौँ । 

No comments:

Post a Comment