संविधान सभाको निर्वाचन आउँन केही महिना बाँकी रहदा एमाओवादीका अध्यक्ष प्रचण्डको हातबाट टिका लगाउँदै रेखाले आफूलाई माओवादी घोषणा गरेकी थिइन् । तर एमाओवादीले निर्वाचनमा हार व्यहोरेपछि रेखाले व्यवहार परिवर्तन गरेको देखिन्छ । उनले आफू नितान्त कलाकार र समाजसेवी रेखा थापा भएको जनाएकी छिन् । आफूले पार्टीको सदस्यता नलिएको र पार्टीको कुनै पनि संगठनमा नभएको भन्दै माओवादी नभएको
जनाएकी हुन् ।
जनाएकी हुन् ।
एमाओवादीका अध्यक्ष प्रचण्डलाई नदेख्दा पत्रिकामा उनको स्केच मात्र देखेको बताउँदै एउटा शक्तिलाई हल्लाइरहेको त्यो स्केचले आफ्नो ध्यान तानेको उनले जनाएकी छिन् । कुनै समय एमाओवादीका नेताको गुनगान गाएर नथाक्ने रेखाले चारैतिर आठपहरिया राखेर चिल्ला गाडी चढ्ने माओवादीका नेताहरुमा ‘साम्यवाद’ नभएको बताएकी छिन् । उनले माओवादी नेताहरु बास्तविक माओवादी नभएको भन्दै आफू भित्र पहिले देखि नै माओवाद रहेको तर्क गरेकी छिन् ।
प्रचण्डलाई घर भित्रबाटै सुध्रन सुझाव दिदै रेखाले आफ्नै छोरा बुहारीलाई सुधार्न भनेकी छिन् । उनले आफ्नो जीवनसाथी हुन चाहनेलाई योजना लिएर आउन आग्रह गरेकी छिन् । जीवनमा लभै पर्दैन भन्ने रेखाले ४ वटा छोराछोरी आफ्नो भैसकेकाले अब कतिवटा बनाउने भन्ने योजना लिएर आउन आग्रह गरेकी हुन्
No comments:
Post a Comment