'एडभेन्चर देखाउन खोज्नेलाई टोकस्नुपर्छ'
१०
फागुन, काठमाडौं । संविधानसभाका ज्येष्ठ सदस्य एवं पूर्वप्रधानमन्त्री
सूर्यबहादुर थापाले संविधानसभाको बैठक सञ्चालनमा कमल थापालाई ‘टोकस्नु’को
कारण खोलेका छन् । करिव एक महिना संविधानसभाको अध्यक्षता गरेका थापाले भने- ‘सभा सञ्चालनको एउटा नियम हुन्छ ।
नियम उल्लंघन गर्नु हुँदैन र गर्न मिल्दैन ।
त्यो अपेक्षा गरिन्न ।’
नयाँ सभासदले कमजोरी गर्दा त्यो क्षम्य
हुन सक्ने तर जाने बुझेको मान्छेले ‘बहादुरी’ देखाउन खोजे सभाध्यक्षले
टोकस्नुपर्ने थापाले बताए । ‘संसदीय फाँटको ज्ञान नभएको आयो भने त्यहाँ
केही कमजोरी हुँदा क्षम्य होला, त्यसलाई बेग्लै दृष्टिकोणले हेरिन्छ । तर,
जो व्यक्तिले बुझेको छ, जानेको छ, सबै कुरा गरेको छ, त्यहाँ त्यही कुरा भो
भने अप्ठ्यारो
हुन्छ, जानीबुझी उल्लंघन गर्न खोजेको भन्ने बुझिन्छ, थापाले
भने, ‘त्यसो भएको हुनाले टोकस्नुपर्ने हुन्छ, विचवीचमा भन्नुपर्ने हुन्छ ।
थापाको भनाइ छ, ‘बोलेर, आफ्नो विचार
राखेर, आफ्ना तर्कहरु पेश गरेर नियमसंगत कुरामा आफ्ना तर्कहरु प्रदर्शन
गर्दा त्यसको सौन्दर्य नै बेग्लै हुन्छ । तर, भएको नियमलाई उल्लंघन गरेर
त्यसमा ‘एडभेन्चर’ देखाउन खोज्दा त्यसको विचार गर्नुपर्ने सभाध्यक्षले हो ।
किनभने अरुले पनि त्यही फलो गर्छन् । त्यसैले बोल्नेले पनि सबै नियमहरु
पूरा गरेर आफ्नो सीमालाई विचार गरेर आफ्नो तर्क राख्न बेस हुन्छ ।’

No comments:
Post a Comment