काठमाडौं,
फागुन १० – हालैको एक विहान गिरिजापुत्री सुजाता कोइराला प्रधानमन्त्री
सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा पुगेकी थिईन । सुजाता त्यहाँ
पुग्नासाथ प्रधानमन्त्री आक्रोशीत हुँदै भने, ‘तँ अब यहाँ नआइज ।’
एकाएक प्रधानमन्त्रीले कोइराला परिवारभित्रकै सदस्यलाई त्यसरी ‘तँ नआइज’
भनेको सुनेर छेउछाउका सहयोगी छक्क परे । ‘म यहाँ बस्न आएकी हैन, एमालेलाई
गृह नदिए प्रोसेस अगाडी बढ्दैन, प्रोसेस अगाडी बढाउने हो र काँग्रेसको साख
बचाउने हो भने एमालेलाई गृह दिउँ भन्न आएको हुँ’, सुजाताले रन्कीदै भनिन् ।
त्यसपछि प्रधानमन्त्री झन् रन्कीए । उनले भने, ‘तँ मलाई सिकाउने को ?
एमालेलाई गृह दिनुपर्छ भन्ने ? तँलाई राजनीति के थाहा छ ? प्रधानमन्त्री
पध्दती, पार्लीयामेन्ट्री सिस्टमका बारेमा तैले के जान्याछस् ? दिन्न
एमालेलाई गृह, जा भन्दे तँलाई
उकास्नेहरुलाई ।’
एकाएक सुशीलको यस्तो रौद्र रुप देखेर सुजाता अक्क न बक्क रहिन् । उनले
‘मैले त हजूरकै प्रतिष्ठा नगुमोस्, यतिका दिनदेखी सरकार बन्याछैन ।
एमालेलाई गृह नदिएर कसरी चल्छ ? पो भनेकी हुँ’ भनिन् । सुशीलको पारो
थामीएको थिएन । उनले भने, ‘अबदेखी तँ मकहाँ यस्ता कुरा गर्न नआइज । अरुले
के के भनेर उचाल्छन्, अनी मकहाँ गनगन गर्न आउने ? अब तेरो केही कुरा
सुन्दिन । शेरबहादुर र पौडेलकहाँ गएर तैले के के भनिस् ? सबै रिपोर्ट मकहाँ
आएको छ ।’
सुजाताको पनि रक्तचाप बढ्यो । मुख रातो भयो । उनले पनि कडै जवाफ दिईन,
‘हजुरले आफनो अनुहार पनि ऐनामा हेर्नुप¥यो । गिरिजावाबुलाई डयामेज गर्ने नै
तपाई हो भनेर भन्छन् । पार्टी फुटाउनुमा तपाईकै रोल छ भनेर भन्छन् । बाहिर
तपाईको इमेज राम्रो थिएन, अहिले झन् तपाईका कारण काँग्रेसले दश दिनसम्म
पनि सरकार बनाउन सकेन भन्ने म्यासेज गइराख्याछ । तपाईले आफु मात्रै पार्टी
ठान्नुहुन्छ । पार्टीको इमेज ड्यामेज भइराख्याछ ।’
सुसीलले सुजातालाई ‘गेट आउट फरम हेयर’ भन्दै थपे, ‘धेरै नकरा, तँ गइहाल ।’
त्यसपछि ‘हेरौला म पनि’ भन्दै सुजाता बर्बराउँदै खुट्टा भुईमा बजार्दै रातो
निलो हुँदै रफुचक्कर भएको बुझिएको छ ।
सुत्रका अनुसार संसदीय दलको चुनावमा सुजाताले नै आफुलाई भोट नहालेको
खुलेपछि प्रधानमन्त्री उनीसँग क्रुध्द छन् । केही समय पहिले उनले पार्टी अब
बुढा पुरानाको हातबाट युवा पुस्तामा आउनुपर्ने भनेर मन्तव्य दिएका कारण
पनि सुशील रिसाएको बताइन्छ । यसरी ‘तँ तँ म म’ कै रुपमा भने कोइराला
परिवारभित्र झगडा भएको यो पहिलो पटक भएको सुत्र बताउँछ ।
No comments:
Post a Comment