उनी भिडियोमा नै केही नयाँ गर्न चाहन्छन्
। भिडियो निर्देशक नितिन चन्दले रेखा शाहको ‘नजिक छौ’ बोलको गीतलाई
दृश्यमा उतारेपछि चर्चा बटुले । उनै निर्देशक नितिनले ‘पूणिर्मा १’ को
सफलता पश्चात ‘पूणिर्मा २’ को भिडियो तयार पारेका छन् ।
‘पूणिर्माको
चन्द्रमा’लाई बोलको गीतमा ‘हन्नी बन्नी’ भिडियोका सफल जोडी पल शाह र
प्रकृती श्रेष्ठले अभिनय गरेका छन् । गीतमा लोकेश गुरुङको आवाज छ । लोकेशले यो
भिडियोको सार्वजनिक अमेरिकामा प्रेम दिवसको दिनमा गर्ने तयारी गरेका छन् ।
अमेरिकामा आयोजना हुन लागेको ‘मज्जाको नाइट’ नामक
कार्यक्रमबाट गीत
सार्वजनिक हुनेछ । नितिन चन्दको नै छायांकन रहेको भिडियोलाई
मोडल पल शाहले सम्पादन गरेका हुन् । यो भिडियोमा पल र प्रकृतीको
प्रेमभावलाई देखाइएको छ । मायामा परेका पल र प्रकृतीले ईन्गेजमेन्ट गरेको
भिडियोमा देख्न सकिनेछ । अहिले भिडियोको टिजर मात्र सार्वजनिक गरिएको छ ।

No comments:
Post a Comment