Wednesday, February 12, 2014

एमालेलाई गृह दिँदा केही फरक पर्दैन : सुजाता

                 २९ माघ, काठमाडौं । कांग्रेसले गृह मन्त्रालय एमालेलाई दिने सहमति नभएको वताइरहेका बेला  नेतृ सुजाता कोइरालाले संविधान निर्माणको जिम्मेवारी पुरा गर्नका लागि एमालेसँग भएको सहमति अनुसार गृहमन्त्रालय दिदा फरक नपर्ने वताएकी छिन् । नेतृ कोइरालाले एमालेसँग सहमति गरेर गृहमन्त्रालय नदिई धोका दिने कामले कांग्रेसको छवि विग्रने चेतावनी दिइन् । बुधवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भनिन्,’एमालेसँग भएको सहमति काग्रेसले पालना गर्नु पर्छ । 
                     सहमति अनुसार एमालेलाई गृहमन्त्रालय दिनु पर्छ । सहमति गरेर त्यसलाई कार्यान्वयन नगरी राजनीतिमा बेईमानी गरे त्यसले काग्रेसलाई नै असर पार्छ । नेतृ कोइरालाले संविधान निर्माण गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएकोले कांग्रेसले एमालेसहित सबै दलहरुलाई साथ लिएर जान सक्नु पर्ने भन्दै अहिले मन्त्रालयको विवाद अल्भिmना संविधान नबन्ने खतरा औल्याईन् ।एकीकृत माओवादीका नेता लिलामणी पोख्रेलले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफूहरुले सरकार बाहिर रहेर समर्थन गर्ने स्पष्ट पारे । उनले भने-सरकार निर्माणमा जटिलता आयो भने हामि चुप लागेर बस्दैनौँ, समर्थन गछौँ । तर सरकारमा जाँदैनौँ । हामिले प्रतिपक्षमा बस्छौ भनेको कुरा
निरपेक्ष रुपमा सरकारमा जाँदैनौ भनेको होईन । ;गृहमन्त्रालय नपाउँदैमा सरकारमा नजाने निर्णय गर्नु  एमालेको गैर राजनीतिक चरित्र भएको आरोप लगाउँदै उनले यो घटनाले उनीहरुको संविधान निर्माणमा ध्यान केन्द्रीत छैन भन्ने प्रष्ट भएको दावी गरे । नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाली काग्रेस र नेकपा एमालेले भएको सहमति कार्यान्वयन गर्दै अहिलेको गठबन्धनलाई बलियो बनाउनु पर्नेमा जोड दिए । दुई दलवीच पुन सहमतिको सम्भावना रहेको विश्वास ब्यक्त गर्दै उनले यसमा नै सबैको हित अन्र्तनिहित भएको बताए ।

No comments:

Post a Comment