सविर श्रेष्ठले बनाएको चलचित्र ‘काली’ यो बर्षकै सफल सिनेमामा गनिन्छ । उनै सविर चैत्र २८ गते नयाँ चलचित्रबाट फेरि धमाका मच्चाउने दाउँमा छन् । उनले निर्देशन गरेको चलचित्र ‘आधी बाटो’ले दर्शक बाध्ने विश्वास गरिएको छ ।
रमेश त्वयनाको निर्माणमा तयार भएको चलचित्र ‘आधी बाटो’मा सविन श्रेष्ठ, अनु शाह, जेनिशा केसी, यश कुमार लगायतका कलाकारको अभिनय छ ।
चलचित्रका निर्देशक सविर श्रेष्ठले ‘आधी बाटो’लाई त्रिकोणात्मक प्रेम कथा भनेका छन् । साधारण कथामा दर्शकको मन छुने सिनेमा बनाएको दाबी उनको छ ।
‘आधी बाटो’ चलचित्रका चारै जना कलाकारको लागि निक्कै
महत्वपूर्ण छ । सविन, अनु र जेनिशाका लागि यतिबेला सफल सिनेमाको खाँचो छ । यस्तै ‘बाटो मुनिको फूल’मा नायक बनेर प्रशंसा पाएका यश कुमार ‘आधी बाटो’बाट जम्ने तयारीमा छन् ।
No comments:
Post a Comment