Wednesday, February 12, 2014

एमालेलाई गृह दिने सहमति भएको छैन : प्रधानमन्त्री कोइराला

                    २९ माघ, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमालेलाई गृह मन्त्रालय दिने कुनै सहमति नभएको वताएका छन् ।संविधानसभाको भवन नयाँ बानेश्वरमा बुधवार बसेको संविधानसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले गृह मन्त्रालय दिनेबारे एमालेसँग सहमति नभएको वताएका हुन् ।उनले सरकारले केही दिनमै पूर्णता पाउने समेत दावी गरे । यस्तै विनाविभागीय मन्त्री एवम् कांग्रेसका तर्फवाट वार्ता टोलीका सदस्य समेत रहेका डा. रामशरण महतले एमालेलाई गृह मन्त्रालय दिने कुनै कुराकानी नभएको वताए । उनले भने,’गृहमा दुबै दलको दावी छ । तर गृह मन्त्रालय एमालेलाई दिने सहमति भएको भन्ने कुरा सहि
होइन ।’ गृहमन्त्रालय नपाएर नै हिजो सपथ ग्रहण कार्यक्रममा एमाले सभासदहरु उपस्थित नभएको कुरा आफूहरुले जानकारी पाएको महतले वताए । महतले एमालेलाई सरकारमा ल्याउनका लागि प्रयास भइरहेको जानकारी दिए । गृहमन्त्रालय एमालेलाई दिने भएको सहमति कांग्रेसले उल्लंघन गरेर बेइमानी गर्‍यो रे हो ? भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै महतले बेइमानी कांग्रेस र एमाले दुवै दलवाट नभएको वताए । उनले भने,’ गृहदिने त्यस्तो सहमति केही भएको छैन । बेइमानी कांग्रेसवाट पनि भएको होइन र उहाँहरु एमालेवाट पनि भएको छैन । सहमतिको प्रयास भइरहेको छ र केही दिनमै टुंग्याउँछौँ ।’

No comments:

Post a Comment