Wednesday, February 12, 2014

किन सपथ खान मानेनन् प्रकाशमानले ?

               काठमाडौं, माघ २९ – नेपाली काँग्रेसले एमालेलाई गृह मन्त्रालय दिने वाचा गरेर पनि किन वाचा तोड्यो ? बामदेव गौतमलाई गृह मन्त्रालय दिने तय भएर पनि नव निर्वाचीत प्रधानमन्त्री शुसील कोइरालाले किन ‘गृहको कुरै नगर्नुस्’ भनेर कुरा फेरे ? यसको अर्को रोचक कारण रातोपाटीलाई प्राप्त भएको छ ।
           एमालेलाई र त्यसमा पनि बामदेव गौतमलाई गृह कुनै हालतमा दिनु हुँदैन भनेर सुशीललाई उक्साउने काँग्रेस नेता हुन, प्रकाशमान सिंह र शेखर कोइराला । प्रकाशमान सिंह आफै उपप्रधान र गृह मन्त्री भएर सरकारमा जान चाहन्छन् । आफुलाई गृह नै चाहिएको भन्दै प्रकाशमानले
कोइरालालाई कुन हदसम्म दबाब दिए भने कोइरालाले आफ्नै सत्ता साझेदारकै मन दुखाउनुप¥यो ।
                 सुत्रका अनुसार गृह नपाएसम्म प्रकाशमानले पनि सरकारमा मन्त्री खान नजाने अडान राखेका छन् । यही कारण प्रधानमन्त्री कोइरालाको आग्रहलाई समेत वास्ता नगरी प्रकाशमान मंगलवार विना बिभागीय मन्त्रीको सपथ खान मानेनन । प्रधानमन्त्री कोइरालाले पहिलो चरणमा आफु, रामशरण महत र प्रकाशमानलाई सपथ खुवाउने सोच राखेका थिए । तर प्रकाशमानले गृह नपाएसम्म नखाने भनेपछि महत एक्लैले सपथ गरे ।
                  प्रकाशमानले मात्र हैन, काँग्रेसमा गृह मन्त्रालयमाथि कृष्ण सिटौलेसमेत आँखा गाडेका छन् । भारतसँग निकट मानीएका सिटौलालाई गृहमन्त्री बनाउन भारतको पनि दबाब रहेको बताइन्छ । यस्ता धेरै दबाब थेग्न नसकेपछि सभापति कोइराला अहिले उकुस मुकुस भएका छन् । गृह नपाएसम्म एमाले सरकारमा नजाने निर्णयमा पुगीसकेकाले कोइराला सरकारको अहिलेदेखी नै दिनगन्ती सुरु भइसकेको छ ।

No comments:

Post a Comment