पाँचथर, फागुन ११–एकीकृत माओवादी नेता वर्षमान पुनले एक वर्षभित्र सविधान वन्ने दावी गरेका छन् ।
पाचथरको फिदिममा आइतबार संचारकर्मीसित कुरा गर्दै पुनले पार्टी सरकारमा नगई प्रतिपक्षमा नै बसेर पनि संविधान निर्माणका लागि रचनात्मक भूमिका खेल्ने बताए ।
विगतमा भएका सहमतिलाई नकोट्याई विवादित विषयमा मात्र प्रमुख तीन दलले सम्झौता गरे संविधान निमार्णका लागि एक वर्ष पनि नलाग्ने उनको दावी छ । नेता पुनले एक वर्षभित्र संविधान नबने आप्mनो पार्टी सडक संघर्षमा जाने चेतावनी
समेत दिए ।

No comments:
Post a Comment