Sunday, February 23, 2014

झोले’को आक्रमक कलेक्शन, दर्शक भन्छन्-’हसाँएरै मार्छ

                       ‘झोले’ आक्रामक कलेक्शन गर्ने यसबर्षको पाचौ फिल्म हो । यसअघि ‘होस्टेल’, ‘काली’, ‘छ एकान छ’ र ‘झोला’ले आफूलाई करोड क्लबमा उभ्याइसकेका छन् । शुक्रबारबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको डार्क कमेडी बिषयको ‘झोले’ले आक्रामक कलेक्शन गर्दै सिने बजारमा खुशी तरंगित गरिदिएको छ । टेकेन खड्काको निर्माणमा तयार भएको यो सिनेमाको बिषयवस्तु अनुसारको कमेडी र क्लाइमेक्सको दृश्यलाई दर्शकले उत्कृष्ट भनेका छन् ।   दर्शकलाई सिनेमाको कथावस्तु र प्रस्तुतीले बाँधेको देखियो । सिनेमा हेरेर फर्किएका अधिकांश दर्शकले कमेडी फिल्मलाई उत्कृष्ट
भनेका छन् । शुक्रबार र शनिबार सिनेमाको व्यापार आक्रामक देखियो । काठमाण्डौको गोपिकृष्ण हलमा शनिबार प्रहरी तैनाथ गरिएको थियो । यस्तै ब्ल्याकमा टिकट बिक्री गर्नेहरुलाई प्रहरीले गिरफ्तार पनि गरेको थियो । दयाहाङ राई, प्रियंका कार्की, ए गुरुङ, शिशिर राणा, शंकर आचार्य लगायतका कलाकारले सिनेमामा अभिनय गरेका छन् । चलचित्र हेरेका दर्शकले दयाहाङको कामलाई खुलेरै प्रशंसा गरेका थिए । नायिका प्रियंका कार्कीले अभिनयमा अझै पनि धेरै सुधार गर्नुपर्ने सुझाव समिक्षक तथा दर्शकले दिएका छन् । पपकर्न फिल्मस्ले वितरण गरेको यो सिनेमा देशभरका ७० हलमा एकसाथ प्रदर्शन भैरहेको छ । ओभरसिज विक्रीबाट नै राम्रो कमाई गरिसकेकाले ‘झोले’को नेपाल कमाइले निर्माताको हातमा राम्रै रकम फिर्ता हुने देखिएको छ । बलिउड र हलिउड फिल्म भन्दा पनि काठमाण्डौका मल्टिप्लेक्स हलमा ‘झोले’ हेर्ने दर्शकको संख्या निक्कै बढी छ । पपकर्नका सदस्य अर्जुन कुमारले पहिलो दिनमा १४ लाखको व्यापार भएको जनाए । दोश्रो दिन सिनेमाको व्यापार ३५ लाखको हारहारीमा हुने देखिएको उनले जनाए । पपकर्न फिल्मस्ले सिनेमाको व्यापार सार्वजनिक गर्ने तयारी गरेको छ ।

No comments:

Post a Comment